ताजा अपडेट »

मौरिसस फुटबल टिमको सम्मानमा रात्रिभोज

विहीबार, २० माघ २०७८, १७ : ०४
6 Shares

काठमाडौं । मैत्रीपूर्ण खेलका लागि  नेपाल आएकाे अफ्रिकी मुलुक मौरिससको राष्ट्रिय फुटबल टिमको सम्मानमा बुधबार रात्रीभोज आयोजना गरिएको थियो । नेपाल-मौरिसस बिजनेस काउन्सिलले माैरिससकाे राष्ट्रिय फुटबल टिमलाई रात्रिभोजका साथै सम्मान गरेको हो । कार्यक्रममा नेपालका लागि मौरिससका महावाणिज्यदूत गणेश कार्की समेत थिए । 

महावाणिज्यदूत कार्कीले नेपालमा मौरिसस फुटबल टिमलाई स्वागत तथा सम्मान गर्न पाउँदा निकै खुसी लागेकाे भन्दै यस कार्यले नेपाल-मौरिससबीच मैत्रीपूर्ण सम्बन्ध थप मजबुत हुने र दुई देशबीच खेल, पर्यटन र भाईचारा विकास हुने बताए । उनले विश्वनै कोभिड महामारीमा रहेको बेला देखाएको सद्भाव अविस्मरणीय रहने पनि बताए । आगामी दिनमा पनि कोभिडको स्वास्थ्य मापदण्ड अपनाएर दुई देशबीचको पर्यटनलगायत क्षेत्रकाे विकास गर्न सफल हुने विश्वास व्यक्त गरे । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।