ताजा अपडेट »

रुपन्देहीको तिलोत्तमामा बसले प्रहरी आइल्याण्डलाई ठक्कर दियो, बाबु-छोरा घाइते

विहीबार, २० माघ २०७८, १७ : १२
6 Shares

बुटवल । रुपन्देहीको तिलोत्तमा स्थित मणिग्राममा माइक्रो बसले प्रहरी विट (आइल्याण्ड) मा ठक्कर दिएको छ । बुटवलबाट भैरहवा तर्फ जाँदै गरेको लु १ ख ४७७८ नम्बरको माइक्रो बस अनियन्त्रित भई तिलोेत्तमा नगरपालिका–५ स्थित मणिग्राम चोकमा रहेको आइल्याण्डलाई ठक्कर दिएको थियो ।

माइक्रो बसले आइल्याण्डलाई ठक्कर दिँदा बसमा सवार बाबु छोरा घाइते भएको ट्राफिक प्रहरी पोष्ट मंगलापुरका सई राजकुमार चापागाईले जानकारी दिए । घाइते हुनेमा पाल्पाको पूर्वखोला गाउँपालिका –२ स्थायी घर भएका ३४ वर्षीय कृष्ण बारघरे र उनका ११ वर्षका छोरा मनोज बारघरे घाइते भएको प्रहरी सई चापागाईले ग्लोबल आवाजलाई जानकारी दिए । घाइते

दुबैको मणिग्राम स्थित क्रिमशन अस्पतालमा उपचार भइरहेको र बाबु छोरोका अवस्था सामान्य रहेको उनले बताए । माइक्रो बसको ठक्करबाट सडकको बीच भाग रहेको आइल्याण्डमा क्षति भएको सई चापागाईले बताए । प्रहरी आइल्याण्डमा ठक्कर दिने माइक्रो बसको चालक प्रहरी नियन्त्रणमा रहेको बताए ।

केही समय अगाडी पनि तिलोत्तमाको नयाँ मिलमा रहेको प्रहरी आइल्याण्डलाई टिपरले ठक्कर दिएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।