ताजा अपडेट »

खोप कार्ड अनिवार्यको निर्णयविरुद्ध परेको रिटमाथि आज सुनुवाइ हुँदै

विहीबार, २० माघ २०७८, १२ : ४७

काठमाडौँ । सरकारको खोप कार्ड अनिवार्य गर्ने निर्णयविरुद्धमा परेको रिटमा आज सुनुवाइ हुँदैछ।

सरकारले सरकारी कार्यालयलगायतका ठाउँ, सार्वजनिक सेवा प्राप्त गर्न कोरोनाविरुद्धको खोप कार्ड अनिवार्य गर्दा सर्वसाधारणको मानवअधिकार हनन् भएको भन्दै रिट निवेदन दर्ता भएको हो।

सरकारले पुस ३० मा खोप कार्ड बोकेर हिँड्न अनिवार्य गरेपछि खोप कार्ड नभएकालाई सेवाबाट वञ्चित गर्ने सरकारी निर्णय गैरकानुनी रहेको रिट निवेदकहरूको दाबी छ। रिट निवदेनमाथि बिहीबार सुनुवाइ हुँदैछ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।