ताजा अपडेट »

गठबन्धन टुट्न नदिने, एमसिसी सहमतिमा पास गर्ने

बुधबार, १९ माघ २०७८, २१ : ०८
2 Shares

काठमाडौं ।  सत्तारुढ गठबन्धनका शीर्ष नेताबीचको गठबन्धनलाई टुट्न नदिने सहमति भएको छ । बुधबार विभिन्न चरणमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भएपछि छलफलमा यस्तो सहमति भएको हो । 

बुधबार अपराह्न तीन नेताबीच दोस्रो चरणमा छलफल भएको थियो । 

त्यस्तै बैठकमा नेताहरुबीच एमसिसी सम्झौताबारे थप छलफल गरेर अघि बढ्ने सहमति भएको छ । माओवादी अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले तीन शीर्ष नेताहरुबीच एमसिसीका विषयमा देखिएको विवादबारे छलफल गर्दै जाने र टुंगोमा पुग्ने समझदारी बनेको छ । -न्युज कारखाना

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।