ताजा अपडेट »

तान्जानियाको सभामुखमा महिला नेतृ निर्वाचित

बुधबार, १९ माघ २०७८, १६ : ५६
4 Shares

काठमाडौँ। तान्जानियाको सभामुखमा ४५ बर्षिया महिला नेतृ निर्वाचित भएकी छन् । तत्कालि उपसभामुख तुलिया अक्सन सभामुखमा निर्वाचित भएकी हुन् ।

उनी देशको मबेया निर्वाचन क्षेत्रबाट निर्वाचित सांसद हुन्। तत्कालिन सभामुखले सरकारद्धारा प्रस्तुत एक विधेयकमा गलत भूमिका खेलेको भन्दै आलोचना भएपछि उनले राजिनामा दिएकी थिए । उनको ठाउँमा अक्सन निर्वाचित भएकी हुन् ।

नवनिर्वाचित सभामुख अक्सन सत्तारुढ दल चामा चा मापिन्डुजी (सिसिएम) पार्टीकी नेतृ हुन्। उनी तान्जानियाको आठौं सभामुख भएकी छन् । महिला नेतृबाट सभामुख निर्वाचित भएको भने यो दोस्रो पटक हो ।

पूर्वी अफ्रिकी मुलुक तान्जानियाको सभामुखमा निर्वाचित भएपछि अक्सनले संसदलाई चलायमान र सवैको साझा थलोका रुपमा स्थापित गराउने प्रतिवद्धता जनाइन् ।–सिन्ह्वा

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।