ताजा अपडेट »

नेपालमा दैनिक कोरोना संक्रमणदर घट्यो, १२ जनाको मृत्यु

बुधबार, १९ माघ २०७८, १६ : ४५
2 Shares

बुटवल । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ६३७ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरेको ११ हजार ५८२ जनाको परीक्षणबाट उक्त संख्यामा संक्रमित फेला परेका हुन्। मन्त्रालयका अनुसार २२०५ पिसिआर परीक्षणबाट र १४३२ एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घन्टामा ७५५५ जना कोरोना संक्रमित निको भएका छन्। यस्तै सोही अवधिमा १२ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्। हाल देशभर ६९ हजार २९१ जना कोरोनाका सक्रिय संक्रमित छन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।