ताजा अपडेट »

नवलपरासीमा अटो चालकको हत्या !, अनुसन्धान हुँदै

मंगलबार, १८ माघ २०७८, १४ : ३३
6 Shares

परासी । पूर्वी नवलपरासीमा एक जना अटाे चालककाे शंकास्पद निधन भएकाे छ । ना २ ह ६१७३ नम्बरकाे अटाे चालक कावासाेती १३ गैरी नयाँ बस्तीका ५२ बर्षीय माधवप्रसाद गिरीकाे निधन भएकाे हाे । उनकाे हत्या भएकाे प्रहरीले प्रारम्भिक अनुसन्धानबाट खुलेकाे छ ।

गिरीकाे शव कावासाेती १३ बाैनाहाकाे सिलहट घाेलमा पानीकाे दलदलमा गाडेकाे अवस्थामा आज फेला पारेकाे थियाे ।हिजाे राति वेपत्ता भएका गिरीकाे शव आज विहान साढे ८ बजे पछि देखेर प्रहरीलाई खवर गरेकाे थियाे ।अहिले घटना स्थललाई प्रहरीले नियन्त्रणमा लिएर घटनाकाे अनुसन्धान गरेकाे छ । घटना स्थलमा प्रज्जवल महर्जन सहितकाे टाेली खटेका छन् ।

मृतककाे अनुहारमा चाेट लागेकाे छ । घटना स्थलदेखि केही पर बाटाेमा अटाे भेटिएकाे छ ।घटना स्थल वरपर सिक्री, २ थान माेबाईल र जुत्ता फेला परेकाे छ ।

बेनी माधव बस्याल
लेखकको बारेमा
बेनी माधव बस्याल