ताजा अपडेट »

सैनिक अस्पतालमा मेडिकल अधिकृतसहित ६८ जनशक्ति माग, स्टाफ नर्स मात्रै ५० जना

मंगलबार, १८ माघ २०७८, ०८ : २३
10 Shares

काठमाण्डाैं । नेपाली सेनाले सञ्चालन गरिरहेकाे छाउनीस्थित वीरेन्द्र अस्पतालले ६८ जना मेडिकल कर्मचारी करार सेवामा भर्ना गर्ने भएको छ । कोरोना महामारीको उपचारका लागि मेडिकल जनशक्ति करारमा भर्ना गर्न लागिएको हो ।

जसअनुसार अस्पताले सबैभन्दा बढी स्टाफ नर्स ५० जना मागेको छ । पिसिएल नर्सिङ उत्तीर्ण गरी नर्सिङ काउन्सिलमा दर्ता भएकाले स्टाफ नर्समा दरखास्त दिन पाउनेछन् ।

त्यस्तै, १० जना बिएन/बिएस्सी नर्स माग गरिएको छ । बिएन/बिएस्सी नर्सिङ उत्तीर्ण गरी नर्सिङ काउन्सिलमा दर्ता भएकाले दरखास्त दिन सक्नेछन् । एमबिबिएस उत्तीर्ण गरी एनएमसी दर्ता भएका ८ जना मेडिकल अधिकृत माग गरिएको छ ।  २० माघभित्र दरखास्त दिइसक्नुपर्ने छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।