ताजा अपडेट »

देशभरका स्वास्थ्य संस्था बन्दको घोषणा

विहीबार, १७ माघ २०७५, ११ : २८
4 Shares

माघ १७,

काठमाडौं । नेपाल चिकित्सक संघले स्वास्थ्य संस्था बन्दको घोषणा गरेको अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै आएको चिकित्सक संघले भोली (शुक्रबार) सांकेतिक आन्दोलन स्वरुप देशभरका सरकारी, गैरसरकारी, निजी, मेडिकल कलेज लगायत सम्पूर्ण स्वास्थ्य संस्था बन्दको घोषणा गरेको हो ।

१ दिनका लागि सांकेतिक आन्दोलन सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेकका अन्य सम्पूर्ण स्वास्थ्य सेवा पूर्ण रुपमा बन्द गर्ने निर्णय गर्दै संघले एक विज्ञप्ती जारी गरेको छ ।

संघले केसीको जीवन रक्षार्थ नेपाल चिकित्सक संघले देशभरका शाखा कार्यालय तथा सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा संचालन गरेको रिलेअनसन लगायतका कार्यक्रमलाई बेवास्ता गरिएकोमा आपत्ति जनाएको छ ।

सत्याग्रहको २३ औं दिन भईसक्दा समेत नेपाल सरकारले केसीको जीवन रक्षाका निम्ती कुनै पनि चासो व्यक्त नगर्नु, शान्तिपूर्ण विरोधका कार्यक्रमहरुमा समेत घुसपैठ गर्दै वातावरणलाई खलल पुर्‍याउने कार्यप्रति संघले भत्र्सना तथा निन्दा गरेको छ ।

संघका महासचिव डा. लोचन कार्कीद्धारा जारी गरिएको विज्ञप्तीमा केसीको स्वास्थ्यमा गम्भिर असरहरु देखिन थालेको विद्यमान अवस्थामा सरकारको यो निस्क्रिय कदमप्रति हामी मर्माहित भएका छौं । आम सर्वसाधारण नागरिकहरुको सस्तो, सुलभ र गुणस्तरीय चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवाका लागि निरन्तर लडिरहेका सत्याग्राहीका सम्बन्धमा सरकार मौन रहनु र डा. केसीको जीवन रक्षार्थ आधारभूत मानव अधिकारको समेत पालना नगरिएको हुनाले सांकेतिक आन्दोलन गर्नुपरेको उल्लेख गरिएको छ ।

साथै डा. केसीको जीवन रक्षाका निम्ती संघको नेतृत्वमा घोषणा गरेको आन्दोलनलाई कुनै पनि आग्रह वा पूर्वाग्रहभन्दा माथी उठेर मानवीय संवेदनशिलतालाई आत्मसाथ गर्दै नेपाल चिकित्सक संघका सम्पूर्ण शाखा कार्यालयहरु, देशभर सरकारी तथा निजी स्वास्थ्यसंस्थाहरुले पूर्ण रुपमा कार्यन्वयन गर्न अनुरोध गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।