ताजा अपडेट »

१५४ रनको चुनौती पछ्याउँदै नेपाल

विहीबार, १७ माघ २०७५, ११ : २०
4 Shares

माघ १७,
काठमाण्डौं । यूइईस्थित आइसिसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा जारी टी–२० शृङ्खला अन्तरगतको पहिलो खेलमा युनाइटेड अरब एमिरेट्स (युएई) ले नेपालसामु १ सय ५४ रनको लक्ष्य दिएको छ ।  निर्धारित २० ओभरमा युएईले ६ विकेट गुमाउँदै १ सय ५३ रन बनायो ।

टस जितेर नेपालले युएईलाई पहिलो ब्याटिङको निम्ता दिएको थियो ।युएईका लागि सइमान अनवरले सर्वाधिक ५९ रन बनाए भने मोहमद उसमानले ३० रन बनाए ।

अनवरले विस्फोटक ब्याटिङ गर्दै ३८ बलमा ५ चौका र दुई छक्का हिर्काए । त्यस्तै, ओपनर चन्डाङ्गापोयिल रिजवानले २२ रनको योगदान दिए । नेपालका लागि सन्दीप लामिछाने र बसन्त रेग्मीले २–२ विकेट लिए भने सोमपाल कामी र अविनास बोहराले १–१ विकेट लिए ।

युएईविरुद्धको खेलबाट नेपालका तीन खेलाडीले टी–२० अन्तर्राष्ट्रिय खेलमा ‘डेब्यु’ गरेका छन् । नेपालका सन्दीप जोरा, रोहित कुमार पौडेल र अविनाश बोहोराले डेब्यु गरेका हुन् ।

यस अघि नेपालले एक दिवसीय शृङ्खला जितेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।