५ जेष्ठ २०७९, बिहीबार

May 19, 2022


काठमाडौं ।  श्रम गन्तव्य मुलुक पुगेर समस्यामा परेकाहरुलाई सम्बोधन गर्नका लागि ‘मार्सल टिम’ गठन गरिएको छ।  रोजगारीको आश्वासनमा भिजिट भिसामा मलेसिया दुबई लगायत खाडी मुलुक पुगेर पीडित भएकाहरुको सम्बोधन गर्न  यस्तो टीम गठन गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले जानकारी दिए । 

Advertisement

पीडितको समस्या तत्कालै समाधानका लागि मार्सल टिम बनाइएको उनको दाबी छ । यस्तो मार्सल टिममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव विष्णु लामिछाने, नेपाल प्रहरीका प्रतिनिधि लगायत रहने छन् । 

मन्त्री श्रेष्ठले यसले ठग र दलालहरुलाई तह लगाउने दाबी गरे । ‘पीडितहरुको कुरा सुन्ने र दोषीलाई कारबाहीको दायरामा ल्याउनका लागि तत्काल यसले एक्सन गर्छ। यो ठग र दलालहरुलाई तह लगाउन बनाइएको मार्सल टिम हो’ मन्त्री श्रेष्ठले भने । यसअघि बुधबार भिजिट भिसा बारे अध्ययन गर्न र समस्या सम्बोधनको उपायबारे अध्ययन गर्न सरकारले गृह मन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेलको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरेको थियो । 

मन्त्री श्रेष्ठका अनुसार मन्त्रालयले आइतबारदेखि २४ सैं घण्टा फोन उठ्ने गरी गुनासो सुनुवाइ कक्ष स्थापना गर्न लागेको जानकारी दिए । – न्युज कारखाना

प्रतिकृया दिनुहोस्

Flash News

सुस्ता गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष कांग्रेसले जित्यो नेपालले दुई खेलअगावै गुमायाे युगान्डाविरूद्धकाे शृंखला सैनामैनामा कांग्रेसका शर्माको अग्रता कायमै ‘ब्युटी प्याजेन्ट’ का नाममा याैन हिंसामा परेकी युवतीको पीडा- बेहोस बनाएर बलात्कार गरेका थिए काठमाडौंमा स्थापितभन्दा बालेन १० हजार बढी मतले अगाडि केन्द्रीय नेताले आफ्नै वडा र पालिका हारे अबदेखि जेठ १० गते नेपाल परराष्ट्र सेवा दिवस मनाइने दुःखीका दुई साक्षत ‘भगवान’ ! कर्णालीका कान्छा मेयर विष्णु भाम भन्छन्- छायाँनाथ रारालाई नमुना पालिका बनाउँछु ५७० पालिकाको सकियो मतगणना, कुन दलले कति पालिका जिते ? पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाको प्रमुखमा एमालेका गुप्ता निर्वाचित नवलपरासीको प्रतापपुर गाउँपालिकामा नेपाली कांग्रेसका मियाँ विजयी नेपाल टस जितेर बलिङ गर्दै संसद् बैठकमा उपस्थित हुन अर्थमन्त्री शर्मालाई सभामुखको निर्देशन छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु तीन दिन मनाइने गणतन्त्र दिवस …जहाँ एमालेले लालकिल्ला जोगायो धरानमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ १४० मतले अगाडि कोभिड महामारीमा मानवीय उद्धारमा खटियो, गर्व लाग्छ: मेयर भुसाल कुटपिटबाट एक जनाको मृत्यु