ताजा अपडेट »

दाङका २ सय ७ कुकुरको बन्ध्याकरण र रेविजविरुद्ध खोप

विहीबार, १३ माघ २०७८, २१ : २१
6 Shares

दाङ ।  दाङमा २ सय ७ कुकुरलाई बन्ध्याकरण तथा रेविज विरुद्ध खोप लगाइएको छ । घोराही उपमहानगरपालिका पशुु सेवा शाखाको आयोजना तथा भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङको प्राविधिक सहयोगमा आइतबारदेखि विहवार सम्ममा नि: शुल्क कुकुरहरुको बन्ध्याकरण गर्ने र रेविजविरुद्ध खोप लगाउने काम भएको हा । 

पशु सेवा शाखाका प्रमुख जिबराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले रेबिज जस्ता प्राण घातक रोगबाट नागरिकलाई बचाउन यस्ता कार्यक्रमले महत्वपुर्ण भुमिका खेल्ने बताएका थिए । शिविरबाट १ सय ३१ कुकुरको बन्ध्याकरण गरिएको हो भने २ सय ७ कुकुरलाई रेविज विरुद्ध खोप लगाईएको हो । जसमा  ७४  घरपालुवा र १३३ सडक कुकुर रहेका छन् । 

घोराही बजार क्षेत्रमा केही दिनपहिले ३५ जना बढी व्यक्तिलाई बौलाह कुुकुरले टोकेपछि  यो अभियान  थालिएको थियो । साथै कुकुरले टोकेका मानिसका लागि रेविज विरुद्धको खोप राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा निशुल्क व्यवस्था गरिएको पशु सेवा शाखाले जनाएको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।