ताजा अपडेट »

अनुमतिबिना सार्वजनिक स्थलमा फोटो,भिडियो खिच्न नपाइने

विहीबार, १३ माघ २०७८, १९ : ३६
2 Shares

बुटवल । सार्वजिनक स्थलमा अनुमतिबिना कसैको पनि फोटो तथा भिडियो खिच्ने एवम् सामाजिक सञ्जालमा प्रकाशित गरेमा कारवाही हुने भएको छ ।

सरकारले बिहीबार एक विज्ञप्ती जारी गर्दै जथाभावी सार्वजनिक स्थलमा तस्वीर र भिडियो खिच्ने तथा सामाजिक सञ्जालमा पोष्ट गर्ने गतिविधिले सर्वसाधारणमा मानसिक तथा शारीरिक असर परेको भन्दै त्यस्ता गतिविधि नगर्न चेतावनी दिएको छ ।

गृहमन्त्रालयद्वारा जारी विज्ञप्तीमा त्यस्ता गतिविधिप्रति सरकारको ध्यानाकर्षण भएको बताउँदै कुनैपनि व्यक्तिको अनुमति बिना सार्वजनिक स्थलमा फोटो तथा भिडियो खिची सामाजिक सञ्जालमा प्रकाशित गरेमा कानून बमोजिम कारवाही गर्ने जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।