ताजा अपडेट »

घरेलु मैदानमा आर्मीलाई हराउँदै मनाङ फाइनलमा

विहीबार, १३ माघ २०७८, १८ : २९
2 Shares

काठमाडौं ।  ६ पटकको विजेता मनाङ मर्स्याङ्दी क्लब त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गर्दै आहारारा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । 

बिहीबार पोखरा रंगशालामा भएको दोस्रो सेमिफाइनलमा आर्मीलाई पेनाल्टी सुट आउटमा४–३ ले हराउँदै मनाङ कीर्तिमानी सातौं पटक उपाधि नजिक पुगेको हो । 

अब, उपाधिका लागि मनाङले शनिबार अर्को विभागीय टोली एपीएफ फुटबल क्लबको सामना गर्नेछ । 

मनाङको जितमा अशोक बराल नायक बने । उनले आर्मीका युद्ध शाहीको पेनाल्टी रोके । आर्मीका दीपक गुरुङ र मनाङका विश्व अधिकारीको प्रहार पोलमा लागेर फर्कियो । 

मनाङका फ्राङ्कलिन टेला, शिव गुरुङ, रुपेश केसी र कप्तान आफिज ओलावाले पेनाल्टीमा सफल भए । आर्मीका कप्तान भरत खवास, जर्ज फ्रिन्स कार्की र विवेक बस्नेतले पेनाल्टीमा गोल गरे । 

यसअघि खेलको निर्धारित समय र अतिरिक्त समय समेत गोलरहित बराबरीमा सकिएपछि खेल खेलको छिनोफानो पेनाल्टी सुट आउटमा भएको थियो । 

खेलको पहिलो हाफमा मनाङले पाएको पेनाल्टी सदुपयोग गर्न सकेन । विमल रानाले पाएको पेनाल्टीलाई बाहिर प्रहार गरे । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।