१२ जेष्ठ २०७९, बिहीबार

May 26, 2022

तिलोत्तमा । तिलोत्तमा नगरपालिकाको वडा नं. ४ डिङ्गरनगर र बुटवल उपमहानगरपालिकाको वडा नं. १७ हरिहरपुरलाई जोड्ने गरी तिनाउ नदीमा पुल निर्माण सुरु भएको छ । दुई वर्षभित्र निर्माण सम्पन्न हुने उक्त पुलको लागत २० करोड ६४ लाख रहेको छ । सडक विभाग अन्तर्गत् ठेक्का भएको उक्त पुल दुई सय मिटर लम्बाईको रहने छ ।

Advertisement

चार स्पान रहने सो पुल पाइल फाउण्डेशनको आधारमा निर्माण हुनेगरी डिजाइन गरिएको जनाइएको छ । प्रि-स्टेस ब्रिजको ११ मिटर चौडाईमा साढे ३ मिटर फुटपाथको लागि छुट्टाइएको छ । पूर्व उपप्रधान तथा अर्थमन्त्री एवं प्रतिनिधिसभा सदस्य विष्णु पौडेलको पहलमा बन्न लागेको डिङ्गरनगर–हरिहरपुर तिनाउ नदी पुलको निर्माण कार्यले स्थानीय बासिन्दाको आवागमनमा ठूलो सहजता ल्याउने तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरेले बताउनुभयो ।

तिनाउ नदीमा डिङ्गरनगर–हरिहरपुर जोड्ने गरी निर्माण हुने पुलबाट डिङ्गरनगर–हरिहरपुर जनतालाई धेरै सहज हुने तिलोत्तमा वडा नं. ४ का वडाध्यक्ष दिवाकर ढकालले बताउनुभयो । पुलको निर्माण कार्यको ठेक्का शर्मा—सगुन जेभीले प्राप्त गरेको छ । निर्माण कम्पनीका शुशिल बुढाथोकीले तोकिएको समयभन्दा अघि नैं पुलको निर्माण कार्य सक्नेगरी काम अघि बढाइएको बताउनुभयो ।

केही वर्षयता तिनाउ तथा दानव नदीमा एक पछि अर्को स्थानमा पुल निर्माण भैरहेका छन् । यी पुलहरुको निर्माणले समग्रमा रुपन्देहीबासी नै लाभान्वित भएका छन् । दूरीले नजिक भएर पनि पुल नहुँदा समस्या भोग्दै आएका बासिन्दाहरु पुलको निर्माणबाट सबैभन्दा लाभान्वित भएका छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

तिलोत्तमामा खाँण ८४५ मतले अगाडि, अब ३ हजार मत गन्न बाँकी ओलीले नीति तथा कार्यक्रममा लिम्पियाधुरा, लिपुलेक खोजेपछि प्रकाशमानले दिए जवाफ निर्वाचन शान्तिपूर्ण र धाँधलीरहित सम्पन्न भाे: झलनाथ शुक्रबारबाट क्यूएफएक्ससहित देशभरका हलमा ‘कबड्डी-४’ सत्तारुढ गठबन्धनले नेपालको स्वतन्त्र र असंलग्नता परराष्ट्र नीति परित्याग गरेको हो : रावल दश महिनामा एक अर्ब २१ करोडको फेसमास्क नेपाल भित्रियो इपीजी प्रतिवेदन बुझ्न प्रधानमन्त्री देउवालाई ओलीको आग्रह विद्यालय जाँदै गरेकी बालिकामाथि बलात्कार प्रयास वाइडबडी र सुनकाण्ड छानबिन गर्न सरकारलाई ओलीको चुनौती आगोले जलेकी विरामीलाई छाडेर फर्कियो बुद्ध एयर, चर्को आलोचनापछि प्रस्टीकरण हवाइजहाजको टिकट पाउन पनि शक्ति केन्द्रको भर ३५ हजार ३४ जनप्रतिनिधि निर्वाचित, कुन दलले कति जिते ? परराष्ट्र नीतिलाई असन्तुलित र सत्ता स्वार्थमा संकुचित गरिएकाे ओली आराेप एमाले सत्यसँग लड्दैन, शक्तिसँग झुक्दैन : ओली विश्वव्यापी मन्दी आउन सक्ने विश्व बैंकको चेतावनी सरकारको नीति तथा कार्यक्रम चास्नीमा नडुबाएको जेरी जस्तो : ओली त्रिवि शिक्षण अस्पतालमा एमबीबीएसमा भर्ना गरिदिन्छु भन्दै १७ लाख ठगी विदेश पठाई दिन्छु भनि २५ लाख ठगी गर्ने एक जना पक्राउ निर्वाचनमा प्रतिपक्षी दलमाथि सरकार निर्मम ढंगले प्रस्तुत भएको ओलीको आरोप अस्वस्थ भएपछि ओलीले प्रतिनिधिसभामा बसेरै गरे सम्बाेधन