ताजा अपडेट »

थप ८ हजार १७ जनामा कोरोना संक्रमण, १५ जनाको मृत्यु

विहीबार, १३ माघ २०७८, १६ : ३६
6 Shares

बुटवल । पछिल्लो २४ घण्टामा नेपालमा थप ८ हजार १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १५ हजार ७३६ र एन्टिजेन विधिबाट ६ हजार ७२ जनामा परिक्षण गर्दा ८ हजार १७ जनामा कोरोना संक्रमण देखिएको हो ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ९ लाख ३९ हजार २६७ र एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख २२ हजार ८३८ जना पुगेको छ। यस्तै, आज थप ५ हजार २९२ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ८ लाख ३७ हजार ४ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट १५ जनाको मृत्यु भएको जानकारी छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ६८७ छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ९० हजार ५७६ रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।