१२ जेष्ठ २०७९, बिहीबार

May 26, 2022

जुम्ला । काेराेनाभाइरसकाे संक्रमण बढेसँगै जुम्लामा एकीकृत हेल्प डेस्क स्थापना गरिएको  छ । जिल्ला विपद व्यवस्थापन समितिको निर्णयअनुसार जिल्ला प्रशासन कार्यालय अगाडि हेल्प डेस्क स्थापना एकीकृत घुम्ती शिविर सञ्चालन गरिएको हाे ।उक्त शिविरबाट कोरोनाको खोप लगाउन नपाएका नागरिकलाई खोप लगाउने, कोरोनाको शंका लागेका व्यक्तिलाई एन्टिजेन परीक्षण गर्ने गरिएको जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्ण सापकोटाले बताए ।  

Advertisement

मास्क नलगाई हिँड्नेलाई लगाउन अनुरोध गर्दै मास्क दिने गरिएको छ । चन्दननाथ नगरपालिका स्वास्थ्य शाखा, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल र जिल्ला जनस्वास्थ्य सेवा कार्यालयको सहभागितामा एकीकृत हेल्प डेस्क स्थापना गरिएको छ । यो हेल्प डेस्कबाट नागरिकलाई खोप सेवा सजिलो बनाउन तथा कोरोना फैलावाट रोक्न आरडीटी परीक्षणसमेत सरु गरिएको प्रमुख जिल्ला अधिकारी विजया प्रसाईले बताइन् ।

प्रजिअ प्रसाईले स्वास्थ्य सेवा सम्वन्धित सबै सरोकारवाला निकायले मिलेर जनशक्ति, स्वास्थ्य सामग्री परिचालन गरेर सेवा प्रवाह सुरु भएको जानकारी दिइन् । 

चन्दननाथ नगरपालिका स्वास्थ्य शाखाका जनस्वाथ्य निरीक्षक क्षेत्रबहादुर महतले  कोरोनाबाट नागरिकलाई बचाउन हेल्प डेस्कको सुरुवात गरिएको बताए । उनले कोरोनाको खोप लिन छुटेका नागरिकलाई हेल्प डेस्कबाट सेवा लिन अनुरोध पनि गरे । काेराेनाकाे नयाँ भेरियन्ट ओमिक्राेन संक्रमण बढेपछि न्यूनीकरणका लागि अहिले जिल्लाभरि अतिरिक्त खोप लगाउन थालिएकाे छ ।

प्रतिकृया दिनुहोस्

Flash News

६८ हजार बढी विद्यार्थीले लुम्बिनीबाट एसएलसी दिदैँ तिलोत्तमामा खाँण ८४५ मतले अगाडि, अब ३ हजार मत गन्न बाँकी ओलीले नीति तथा कार्यक्रममा लिम्पियाधुरा, लिपुलेक खोजेपछि प्रकाशमानले दिए जवाफ निर्वाचन शान्तिपूर्ण र धाँधलीरहित सम्पन्न भाे: झलनाथ शुक्रबारबाट क्यूएफएक्ससहित देशभरका हलमा ‘कबड्डी-४’ सत्तारुढ गठबन्धनले नेपालको स्वतन्त्र र असंलग्नता परराष्ट्र नीति परित्याग गरेको हो : रावल दश महिनामा एक अर्ब २१ करोडको फेसमास्क नेपाल भित्रियो इपीजी प्रतिवेदन बुझ्न प्रधानमन्त्री देउवालाई ओलीको आग्रह विद्यालय जाँदै गरेकी बालिकामाथि बलात्कार प्रयास वाइडबडी र सुनकाण्ड छानबिन गर्न सरकारलाई ओलीको चुनौती आगोले जलेकी विरामीलाई छाडेर फर्कियो बुद्ध एयर, चर्को आलोचनापछि प्रस्टीकरण हवाइजहाजको टिकट पाउन पनि शक्ति केन्द्रको भर ३५ हजार ३४ जनप्रतिनिधि निर्वाचित, कुन दलले कति जिते ? परराष्ट्र नीतिलाई असन्तुलित र सत्ता स्वार्थमा संकुचित गरिएकाे ओली आराेप एमाले सत्यसँग लड्दैन, शक्तिसँग झुक्दैन : ओली विश्वव्यापी मन्दी आउन सक्ने विश्व बैंकको चेतावनी सरकारको नीति तथा कार्यक्रम चास्नीमा नडुबाएको जेरी जस्तो : ओली त्रिवि शिक्षण अस्पतालमा एमबीबीएसमा भर्ना गरिदिन्छु भन्दै १७ लाख ठगी विदेश पठाई दिन्छु भनि २५ लाख ठगी गर्ने एक जना पक्राउ निर्वाचनमा प्रतिपक्षी दलमाथि सरकार निर्मम ढंगले प्रस्तुत भएको ओलीको आरोप