ताजा अपडेट »

विपद्का विभिन्न घटनामा परी २४ घण्टामा दुई जनाको मृत्यु, १० जना घाइते

विहीबार, १३ माघ २०७८, १५ : ३६
4 Shares

काठमाडौं । विपद्का विभिन्न घटनामा परी पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । तनहुँको शुक्लागण्डकी नगरपालिका–११ हटियागाउँका ७५ वर्षीया महिला आगो ताप्ने क्रममा आगोले पोलेर घाइते भएकी थिइन । उनको उपचारको क्रममा मृत्यु हाे । यस्तै, रसुवा आमाछोदिङमो गागाउँपालिका–५ गोङगाङस्थित ग्रामीण भित्री सडकमाथिबाट खसेको सुख्खा पहिरोले ग्याविनजालीमा ढुङ्गा भरिरहेका ५६ वर्षीय पुरुषलाई पुरेर ज्यान गरएको छ । 

गृह मन्त्रालय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्रधिकरणका अनुसार देशका विभिन्न जिल्लामा भएका विपदमा परेर अन्य जना सर्वसाधारण पनि घाइते भएका छन् । उनीहरू चट्याङ लागेर, पहिरोले पुरेर, आगलागीमा परेर र जनवारको आक्रमणमा परी घाइते भएका हुन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।