१२ जेष्ठ २०७९, बिहीबार

May 26, 2022

बुटवल । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) रुपन्देहीले विद्यालय सञ्चालनको वातावरण सिर्जना गरिदिन सम्बन्धित सबैसँग आग्रह गरेको छ । एसईई र वार्षिक परीक्षा नजिकै आइरहेको सन्दर्भमा लामो समयको विद्यालय बन्दले शैक्षिक क्षेत्र अस्तव्यस्त भएको र विद्यार्थीहरुमा नकारात्मक मनोसामाजिक असर परेको भन्दै खोप लगाइसकेका विद्यार्थीलाई आलोपालो प्रणालीमा भौतिक उपस्थितिमा यथाशीघ्र कक्षा सञ्चालनको व्यवस्था गर्न प्याब्सनले आग्रह गरेको हो ।

Advertisement

प्याब्सन रुपन्देहीका अध्यक्ष अनन्तराम शर्माद्वारा बिहीबार जारी एक विज्ञप्तिमा अन्य सबै क्षेत्र खुला रहेको भन्दै अनलाइन वा वैकल्पिक कक्षाले विद्यार्थीको शिक्षण सिकाइ त्यति प्रभावकारी नभएकोले भौतिक रुपमै आलो–पालो भए पनि विद्यार्थीलाई विद्यालय आउने–जाने वातावरण बनाउन आग्रह गरिएको छ । विज्ञप्तिमा १२ देखि १७ वर्ष उमेर समूहका सबै विद्यार्थीलाई यथाशीघ्र खोप लगाउन र पाँच वर्षदेखि ११ वर्षसम्मको बालबालिकाको लागि पनि खोपको व्यवस्था गर्नसमेत माग गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, “सबै क्षेत्र निर्वाध चलेका छन् । विद्यालय मात्रै बन्द भएर शिक्षा क्षेत्र डेडलक भएको छ । तथापि कोरोना संक्रमण दर घटेको अवस्थामा खोप लगाइसकेका विद्यार्थीलाई स्वास्थ्य सुरक्षाको मापदण्ड कायम गरेर विद्यालय सञ्चालन गर्ने अवस्था सिर्जना गर्न सम्बन्धित सबैमा आग्रह गर्दछौ । साथै, सरकारले यथाशक्य चाँडो पाँच वर्षदेखि ११ वर्षसम्मको बालबालिकाको लागि खोपको व्यवस्था गर्न र शिक्षक तथा कर्मचारीका लागि बुस्टर डोजको व्यवस्था गर्न माग गर्दछौँ । ”

रुपन्देही जिल्लाको भौगोलिक परिवेशअनुसार इन्टरनेटको उपलब्धता सर्वत्र नभएको र अभिभावकहरुसँग स्मार्ट फोन, मोवाइल, ल्याप्टप आदि पर्याप्त नभएका कारणले बैकल्पिक माध्यमबाट अनलाइन कक्षा सञ्चालनको प्रयास त्यति प्रभावकारी र उपलब्धिमूलक नदेखिएको दावीसमेत विज्ञप्तिमा गरिएको छ । विज्ञप्तिमा अनलाइन कक्षाका नाममा बालबालिकाहरु गेम र च्याटमा व्यस्त भएका गुनासा अभिभावकहरुबाट आइरहेको र मनोसामाजिक, मनोसांस्कृतिक हिसाबले विचलन आउन सक्ने जोखिममा भएकाले निर्वाध रुपमा विद्यालय सञ्चालन गर्नु उचित हुने उल्लेख छ ।

प्रतिकृया दिनुहोस्

Flash News

निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सर्वोच्चले लगायो रोक ६८ हजार बढी विद्यार्थीले लुम्बिनीबाट एसएलसी दिदैँ तिलोत्तमामा खाँण ८४५ मतले अगाडि, अब ३ हजार मत गन्न बाँकी ओलीले नीति तथा कार्यक्रममा लिम्पियाधुरा, लिपुलेक खोजेपछि प्रकाशमानले दिए जवाफ निर्वाचन शान्तिपूर्ण र धाँधलीरहित सम्पन्न भाे: झलनाथ शुक्रबारबाट क्यूएफएक्ससहित देशभरका हलमा ‘कबड्डी-४’ सत्तारुढ गठबन्धनले नेपालको स्वतन्त्र र असंलग्नता परराष्ट्र नीति परित्याग गरेको हो : रावल दश महिनामा एक अर्ब २१ करोडको फेसमास्क नेपाल भित्रियो इपीजी प्रतिवेदन बुझ्न प्रधानमन्त्री देउवालाई ओलीको आग्रह विद्यालय जाँदै गरेकी बालिकामाथि बलात्कार प्रयास वाइडबडी र सुनकाण्ड छानबिन गर्न सरकारलाई ओलीको चुनौती आगोले जलेकी विरामीलाई छाडेर फर्कियो बुद्ध एयर, चर्को आलोचनापछि प्रस्टीकरण हवाइजहाजको टिकट पाउन पनि शक्ति केन्द्रको भर ३५ हजार ३४ जनप्रतिनिधि निर्वाचित, कुन दलले कति जिते ? परराष्ट्र नीतिलाई असन्तुलित र सत्ता स्वार्थमा संकुचित गरिएकाे ओली आराेप एमाले सत्यसँग लड्दैन, शक्तिसँग झुक्दैन : ओली विश्वव्यापी मन्दी आउन सक्ने विश्व बैंकको चेतावनी सरकारको नीति तथा कार्यक्रम चास्नीमा नडुबाएको जेरी जस्तो : ओली त्रिवि शिक्षण अस्पतालमा एमबीबीएसमा भर्ना गरिदिन्छु भन्दै १७ लाख ठगी विदेश पठाई दिन्छु भनि २५ लाख ठगी गर्ने एक जना पक्राउ