ताजा अपडेट »

अधिवेशन सकिएकाे तीन सातापछि एमाले मकवानपुरको सपथ

मंगलबार, ११ माघ २०७८, १६ : ४१
4 Shares

हेटौडा । जिल्ला अधिवेशन सम्पन्न भएको झन्डै तीन सातापछि नेकपा एमाले मकवानपुरका नवनिर्वाचित अध्यक्ष तथा सदस्यहररुले पद तथा गोपनियताको सपथग्रहण गरेका छन् ।

२३-२४ पुसमा एमाले मकवानपुरको ११औँ जिल्ला अधिवेशनले एकलाल श्रेष्ठको नेतृत्वमा एक सय पाँच सदस्यीय जिल्ला कमिटी निर्विरोध चयन गरेको थियो । तर, तत्कालिन जिल्ला आयोजक कमिटीका अध्यक्ष बद्रीप्रसाद लम्सालले सहमतिविना कमिटी घोषणा गरेको भन्दै असहमति जनाएपछि लामो समयसम्म पद तथा गोपनियताकाे सपथ हुन सकेको थिएन । लम्सालले अध्यक्षको उम्मेदवारी फिर्ता लिएसँगै सपथ भएको हो । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।