१२ जेष्ठ २०७९, बिहीबार

May 26, 2022

दाङ । कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि दाङमा अग्रपंक्तिमा रहेर काम गर्नेहरूलाई खोप दिन थालिएको छ । स्वास्थ्यकर्मी, सपाइकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीलाई कोरोनाविरुद्धको अतिरिक्त थप एक डोज खोप लगाउन सुरु भएको स्वास्थ्य कार्यालय दाङले जनाएको छ । 

Advertisement

दोस्रो डोज वा जोन्सन एण्ड जोन्सन खोप लगाएका ६ महिना पुरा भएका अग्रपंक्तिमा रहेर काम गर्ने व्यक्तिलाई अहिले पहिले लगाएको खोपको थप अतिरिक्त एक डोज खोप लगाउने काम भइरहेको स्वास्थ्य कार्यालयका प्रमुख अंगदबहादुर शाहीले जानकारी दिए ।  

यही माघ १४ गतेपछि ६० वर्षमाथिका ज्येष्ठ नागरिक र दीर्घरोगीलाई खोप लगाइने उनको भनाई छ । त्यसैगरी, जनप्रतिनिधि, सरकार कार्यालयका कर्मचारी, बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई पछि छिट्टै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही, लमही अस्पताल र राप्ती प्रादेशिक अस्पतालबाट अतिरिक्त खोप लगाउने तयारी गरिएको कार्यालय प्रमुख शाहीले जानकारी दिए ।  

अग्रपंक्तिमा खट्ने र लक्षित वर्गलाई खोप लगाउन करिब ४० हजार डोज खोप रहेको कार्यालयको भनाई छ । यसैबीच खोप पर्याप्त भए पनि अहिले दाङमा सिरिन्ज अभाव भएको छ । सिरिन्ज अभाव भएकै कारण अतिरिक्त खोप कार्यक्रमलाई तीव्रता दिन केही समस्या भएको प्रमुख शाहीले बताए । अबको एक हप्ता भित्र सिरिन्ज आउने प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

६८ हजार बढी विद्यार्थीले लुम्बिनीबाट एसएलसी दिदैँ तिलोत्तमामा खाँण ८४५ मतले अगाडि, अब ३ हजार मत गन्न बाँकी ओलीले नीति तथा कार्यक्रममा लिम्पियाधुरा, लिपुलेक खोजेपछि प्रकाशमानले दिए जवाफ निर्वाचन शान्तिपूर्ण र धाँधलीरहित सम्पन्न भाे: झलनाथ शुक्रबारबाट क्यूएफएक्ससहित देशभरका हलमा ‘कबड्डी-४’ सत्तारुढ गठबन्धनले नेपालको स्वतन्त्र र असंलग्नता परराष्ट्र नीति परित्याग गरेको हो : रावल दश महिनामा एक अर्ब २१ करोडको फेसमास्क नेपाल भित्रियो इपीजी प्रतिवेदन बुझ्न प्रधानमन्त्री देउवालाई ओलीको आग्रह विद्यालय जाँदै गरेकी बालिकामाथि बलात्कार प्रयास वाइडबडी र सुनकाण्ड छानबिन गर्न सरकारलाई ओलीको चुनौती आगोले जलेकी विरामीलाई छाडेर फर्कियो बुद्ध एयर, चर्को आलोचनापछि प्रस्टीकरण हवाइजहाजको टिकट पाउन पनि शक्ति केन्द्रको भर ३५ हजार ३४ जनप्रतिनिधि निर्वाचित, कुन दलले कति जिते ? परराष्ट्र नीतिलाई असन्तुलित र सत्ता स्वार्थमा संकुचित गरिएकाे ओली आराेप एमाले सत्यसँग लड्दैन, शक्तिसँग झुक्दैन : ओली विश्वव्यापी मन्दी आउन सक्ने विश्व बैंकको चेतावनी सरकारको नीति तथा कार्यक्रम चास्नीमा नडुबाएको जेरी जस्तो : ओली त्रिवि शिक्षण अस्पतालमा एमबीबीएसमा भर्ना गरिदिन्छु भन्दै १७ लाख ठगी विदेश पठाई दिन्छु भनि २५ लाख ठगी गर्ने एक जना पक्राउ निर्वाचनमा प्रतिपक्षी दलमाथि सरकार निर्मम ढंगले प्रस्तुत भएको ओलीको आरोप