१२ जेष्ठ २०७९, बिहीबार

May 26, 2022

खोटाङ । खोटाङमा कोभिड–१९ बाट संक्रमित हुनेको संख्या सय नाघेको छ । आइतबारसम्म ९४ संक्रमित रहेको जिल्लामा सोमबार १९ जनामा संक्रमण पुष्टि भएसँगै सक्रिय संक्रमित ११३ पुगेको हो । सोमबार ६७ जनाको एन्टिजेन परीक्षण गर्दा १९ जनामा  कोभिड पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय खोटाङका कोभिड फोकल पर्सन भिष्म पाण्डेले जानकारी दिए । 

Advertisement

कोभिड-१९ को तेश्रो लहरमा संक्रमित भएकामध्ये हालसम्म चार जना संक्रमणमुक्त भएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा मात्र सक्रिय संक्रमित ७२ छन् । रुपाकोट मझुवागढी नगरपालिकामा सोमबार ५९ जनाको एन्टिजेन परीक्षण गर्दा १४ जनामा संक्रमण पूष्टि भएको हो । जिल्लाका सक्रिय संक्रमितहरू होमआइसोलेसनमा बसिरहेका छन् ।

स्वास्थ्य कार्यालयका अनुसार हालसम्म जिल्लाका एक लाख १२ हजार आठ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । त्यसमध्ये ६६ हजार ६ सय १२ जनाले दोश्रो मात्रा खोप लगाइसकेका छन् । महामारीको सुरुवातदेखि हालसम्ममा जिल्लामा कुल संक्रमित तीन हजार एक सय ७५ पुग्दा तीन हजार ४४ निको भएको कार्यालयले जनाएको छ । कोभिड–१९ को पहिलो र दोश्रो लहरमा जिल्लाका १५ जनाले ज्यान गुमाएका थिए । 

जिल्लामा महामारीमा उपयोगका लागि जिल्ला अस्पतालसहित सात अस्पतालमा दुई सय ३४ बेड उपलव्ध छ । यस्तै, एक थान भेन्टिलेटर, सात वटा एम्बुलेन्स, दुई सय थान अक्सिजन सिलिण्डर र ३७ थान अक्सिजन कन्सन्ट्रेटर रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्लामा पछिल्लो समय दिनानुदिन कोभिड–१९ को संक्रमण दर वृद्धि हुँदै गए पनि स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा भने बेवास्ता भइरहेको छ । जिल्लाका १० स्थानीय तहमध्ये अधिकांशले कोरोना संक्रमणको नियमित परीक्षणको गर्न सकेका छैनन् । संक्रमण बढिरहेका बेला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले स्वास्थ्य सुरक्षा सावधानी अपनाउन आग्रह गरिरहेको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

शुक्रबारबाट क्यूएफएक्ससहित देशभरका हलमा ‘कबड्डी-४’ सत्तारुढ गठबन्धनले नेपालको स्वतन्त्र र असंलग्नता परराष्ट्र नीति परित्याग गरेको हो : रावल दश महिनामा एक अर्ब २१ करोडको फेसमास्क नेपाल भित्रियो इपीजी प्रतिवेदन बुझ्न प्रधानमन्त्री देउवालाई ओलीको आग्रह विद्यालय जाँदै गरेकी बालिकामाथि बलात्कार प्रयास वाइडबडी र सुनकाण्ड छानबिन गर्न सरकारलाई ओलीको चुनौती आगोले जलेकी विरामीलाई छाडेर फर्कियो बुद्ध एयर, चर्को आलोचनापछि प्रस्टीकरण हवाइजहाजको टिकट पाउन पनि शक्ति केन्द्रको भर ३५ हजार ३४ जनप्रतिनिधि निर्वाचित, कुन दलले कति जिते ? परराष्ट्र नीतिलाई असन्तुलित र सत्ता स्वार्थमा संकुचित गरिएकाे ओली आराेप एमाले सत्यसँग लड्दैन, शक्तिसँग झुक्दैन : ओली विश्वव्यापी मन्दी आउन सक्ने विश्व बैंकको चेतावनी सरकारको नीति तथा कार्यक्रम चास्नीमा नडुबाएको जेरी जस्तो : ओली त्रिवि शिक्षण अस्पतालमा एमबीबीएसमा भर्ना गरिदिन्छु भन्दै १७ लाख ठगी विदेश पठाई दिन्छु भनि २५ लाख ठगी गर्ने एक जना पक्राउ निर्वाचनमा प्रतिपक्षी दलमाथि सरकार निर्मम ढंगले प्रस्तुत भएको ओलीको आरोप अस्वस्थ भएपछि ओलीले प्रतिनिधिसभामा बसेरै गरे सम्बाेधन प्युठानमा साइकल दुर्घटना हुँदा एक जनाको मृत्यु तिलोत्तमामा चापागाईं भन्दा खाँण ८३२ मतले अगाडि धानमा दाना नलाग्दा ठोरीका किसान चिन्तित