ताजा अपडेट »

बुटवलमा विहानैदेखि वर्षा, यस्तो छ मौसम पूर्वानुमान

सोमबार, १० माघ २०७८, ०८ : २२
40 Shares

बुटवल । अहिले बुटवलसहित पश्चिमी क्षेत्रका केही ठाउँमा हल्का पानी परिरहेको छ । पश्चिमी क्षेत्रको मौसम पूर्णरुपमा बद्ली भएको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको मौसम सामान्यदेखि पूर्णरुपमा बद्ली भएको हो । यी क्षेत्रका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसमविद् शान्ति कँडेलले बताइन् ।

आज अन्य क्षेत्रको मौसम पनि सामान्यतया बद्ली हुने मौसमविद् कँडेलले जानकारी दिइन्। उनकाअनुसार आज काठमाण्डौं उपत्यकासहित देशका अधिकांश ठाउँमा हल्का वर्षाको सम्भावना छ । यस्तै, उच्च पहाडी र हिमाली जिल्लामा हिमपात हुनेछ । केही दिनयता लगातारजसो मौसम बद्लीसँगै हिमाली जिल्लामा हिमपात भइरहेको छ । यसले चिसो बढाएको छ ।

आज राति पनि देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली हुनेछ । भोलिबाट मौसममा सुधार आउने मौसमविद्ले बताएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।