ताजा अपडेट »

बुटवलको बेलभरियामा आगलागी, निभाउने क्रममा एक जना घाइते

आइतबार, ०९ माघ २०७८, २१ : २६
2 Shares

बुटवल । बुटवल–१४ बेलभरियामा आगलागी हुँदा एक जना घाइते भएका छन् । आइतबार राति करिब ९ बजे बाटोको छेउमा रहेको परालको टौवामा आगलागी हुँदा सो आगो नियन्त्रणका क्रममा स्थानीय अन्दाजी २८ वर्षिय नन्दु दंगोरिया घाइते भएका हुन् । उनलाई उपचाररार्थ लुम्बिनी प्रादेशिक अस्पताल पुर्याएको स्थानीय तथा प्रतक्ष्यदर्शी विनोद कार्कीले जानकारी गराए।

स्थानीय प्रेम चालिसेको उक्त परालको टौवामा कसरी आगो लाग्यो भन्ने बारे भने जानकारी भएको छैन । आगो निभाउनका लागि बुटवल उपमहानगरको दमकल घटना स्थल पुगेको स्थानीय तथा प्रतक्ष्यदर्शी कार्कीले ग्लोबल आवाजलाई बताए।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।