ताजा अपडेट »

सहुलियतपूर्ण कर्जा दिन राष्ट्र बैंकको निर्देशन

विहीबार, १७ माघ २०७५, ०६ : १९
10 Shares

माघ १७,

नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई तत्काल सहुलियतपूर्ण कर्जा दिने व्यवस्था मिलाउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । बैकहरुले ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि २०७५’  बमोजिम कर्जा दिन नमानेको सर्वसाधारणबाट गुनासो आएपछि केन्द्रीय बैंकले यस्तो निर्देशन दिएको हो ।

राष्ट्र बैंकले चाल आर्थिक वर्षको  बजेटमा भएको व्यवस्था अनुसार कार्यविधि बनाई कार्यान्वयनका लागि गत असोज ११ गते नै बैंक तथा वित्तीय संस्थालाई परिपत्र जारी गरिसकेको थियो । तर पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले सहुलियत कर्जा नदिएको गुनासो बढ्दै गएको छ ।कर्जाका प्रकार र सीमामा व्यवसायिक कृषि तथा पशुपंक्षी कर्जा ५ करोड रुपैयाँसम्म, शिक्षित युवाले शैक्षिक प्रमाणपत्र धितो राखेर ७ लाख रुपैयाँसम्म, विदेशबाट फर्केका युवा परियोजना कर्जामा १० लाख रुपैयाँसम्म कर्जा लिन पाउने व्यवस्था गरेको छ । यस्तै, महिला उद्यमशील कर्जा १५ लाख रुपैयाँसम्म, दलित समुदाय व्यवसाय विकास कर्जा १० लाख रुपैयाँसम्म, उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जा ५ लाख रुपैयाँसम्म र भूकम्प पीडितहरुको निजी आवास निर्माणका लागि ३ लाख रुपैयाँसम्म कर्जा लिन पाउने कर्यविधिमा व्यवस्था छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।