ताजा अपडेट »

जबरजस्ती करणीको आरोपमा रुपन्देहीमा दुई युवा पक्राउ

शनिबार, ०८ माघ २०७८, १८ : २३

भैरहवा । जबरजस्ती करणी गरेको आरोपमा रुपन्देही प्रहरीले २ युवालाई लुम्बिनी सांस्कृतिक नगरपालिकाबाट पक्राउ गरेको छ ।

जिल्ल प्रहरी कार्यालय रुपन्देहीका सहायक प्रवक्ता भाष्कर चन्दका अनुसार हिजो करिब साढे ६ बजे लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर १३ को पिपरा बस्ने २० वर्षिय गणेश यादव र सोही ठाउ बस्ने २६ वर्षिय सुवास यादवले २२ वर्षिय परिवर्तित नाम २०७८ (र) र १९ बर्षिय परिवर्तित नाम २०७८ (स) लाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरेको हो ।

दुई महिलालाई जवरजस्ती करणी गरेको भन्ने सूचना प्राप्त भए पछि ईलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरिक्षक युवराजजंग कार्कीको कमाण्डमा खटिएको टोलीले महिलाहरुको उद्दार गरेको थियो । प्रहरी घटनामा संलग्न भएको भन्दै गणेश यादवलाई तत्काल र अर्का अभियुक्त सुवास यादवलाई राती करिब साढे ११ बजे लुम्बिनी सांस्कृतिक नगरपालिकाको महजिदियाबाट पक्राउ गरिएको चन्दले बताए ।

उनिहरुलाइ पक्राउ गरि रुपन्देही जिल्ला अदालतबाट जरुरी पक्राय पूर्जि स्विकृत गराई अन्य आवश्यक अनुसन्धान भई रहेको प्रहरीले जानकारी दिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।