ताजा अपडेट »

हृदयघातबाट श्रीमान गुमाएकी राधालाई एनआसीद्वारा १० लाख

शनिबार, ०८ माघ २०७८, १३ : ३९
4 Shares

तिलोत्तमा । हृदयघातबाट श्रीमान गुमाएकी कपिलवस्तुकी राधा थापालाई एनआईसी एशिया बैंकले ल्याएको न्यू सुपर चामत्कारिक बचत खाता योजनाअन्तर्गत घातक रोगको उपचार वापत १० लाख रुपैयाँ बीमा रकम भुक्तानी गरेको छ । बैंकले कपिलबस्तु नगरपालिका वडा नं १ की राधा थापालाई एक कार्यक्रमका बीच बीमा दावी रकम हस्तान्तरण गरेको हो । सर्वश्रेष्ठ बचत खाता अन्तर्गत एक लाख मौजदातमा गुडबिल एम्बेसडर बचत खाता खोलेका मोहन बहादुर पौडेलको हदयघातबाट निधन भएपछि बीमा बापतको रकम उनकी श्रीमती राधालाई प्रदान गरिएको हो ।

राधालाई बैंकका लुम्बिनी प्रदेश कार्यालय प्रमुख तिलकसुन्दर कार्कीले उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।
चेक हस्तान्तरण गर्दै कार्कीेले एनआईसी एसिया बैक लिमिटेडले प्रदान गरेको रकमले कही हदसम्म आर्थिक भर कम हुने र यो पैसाले आफ्नो छोरीको भबिष्य राम्रो बनाउन सहयोग पुग्ने बताए ।

चेक हस्तान्तरण कार्यक्रममा कपिलवस्तु नगरपालिकाका पुर्व उपप्रमुख वासुदेव प्रसाद काशौधन, एनआइसी एशिया बैक तौलिहवा शाखाका कर्मचारीलगायतले सहभागिता जनाएका थिए । चेक प्राप्त गरेपछि राधा थापाले बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि भन्ने नारा लिएको बैंकको भनाई निकै नै सार्थक लागेको बताइन् ।

यस सुविधाले बैंक प्रतिको आफ्नो विश्वास र भरोसा अझ बढी भएको उनले बताइन् ।
बैंक मुलुकभर रहेका ३५८ शाखा कार्यालयहरू, ४७३ एटिएम, ७० वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।