ताजा अपडेट »

बुटवलको प्रगतिनगरमा ढिस्कोले पुरिएर २ जनाको मृत्यु, ३ घाइते

बुधबार, ०५ माघ २०७८, २१ : १८
6 Shares

बुटवल । बुटवल उपमहानगरपालिका–११ प्रगतिनगरमा माटोको ढिस्कोले पुरिएर २ युवाको मृत्यु भएको छ । बुधबार साझ तिनाउ नदी किनारमा आगो ताप्ने क्रममा एक्कासी माटोको ढिस्को खसेपछि ढिस्कोसँगै खसेका ५ जना घाइते भएका थिए ।

घाइते मध्ये २ जनाको उपचारको क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालय रामनगरले जनाएको छ । मृत्यु हुनेमा ३२ वर्षीय गणेश थापा र १७ वर्षीय शिव थापा रहेका छन् । नदी किनारमा आगो तापिरहेका २३ वर्षीय केशव पुरी, ३२ वर्षीय अशोक गाहा र ३३ वर्षका सलिम अली घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुलाई बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।