ताजा अपडेट »

भैरहवामा खाना खुवाउन "द ग्राण्ड किचन"

बुधबार, ०५ माघ २०७८, १९ : ३२
6 Shares

भैरहवा । भैरहवामा डेढ करोडको लगानीमा द ग्राण्ड किचन सन्चालनमा आएको छ । भैरहवा र यसपास रहेका ब्यवसायीक र परिवारलाई खाना खुवाउन होटल सन्चालनमा ल्याइएको सन्चालकले जनाएका छन् । भैरहवाको जनक पथमा खुलेको द ग्राण्ड किचनमा ईन्डियन, नेपाली कन्टीनेन्टल खानाका साथै २५ प्रकारको कफीको स्वाद लिन पाइने सन्चालकले जनाएका छन् ।

भैरहवा क्षेत्रमा रहेका कर्पोरेट ग्राहकलाइ लक्षित गरि होम डेलिवरिको ब्यवास्था समेत गरिएको द ग्राण्ड किचनका सन्चालक उमेश आचार्यले जनाए । यसको साथै बालबालिकालाइ लक्षित गरि "किड्स मेनु", हरेक शनिबार बिहानको नास्ता, हरेक शुक्रबार " ह्यप्पी हावर" लगायतको सुविधाहरु ग्राहकले लिन सक्ने आचार्यले बताए ।

होटलमा खानाका विशेष परिकारका साथै २५ बढी प्रकारका कफिको स्वाद लिन पाउने छन । कफिसंगै पुस्तकालय र अन्य पुराना बस्तुहरु समेत संग्रहित गरिएको छ । यसको साथै यस क्षेत्रमा कार्यक्रम गर्नको लागि ५० जना सम्म अट्ने सभाहलको ब्यवस्था समेत रहेको अर्का सन्चालक राजु रिजालले जनाए ।

उनले खानाको मूल्य भैरहवाको अन्य होटलकै हाराहारीमा रहेको बताए । रिजालका अनुसार शाकाहारी खाना २ सय ५०, चिकन खाना ३ सय ५० र मटन खाना ४ सय रुपैयाँ रहेको छ । भैरहवामा बढ्दो शहरीकरण, अन्तरास्ट्रिय बिमानस्थल लगायतको सम्भावना देखेर होटल सन्चालनमा ल्याएको र यहि शनिबार समान्य कार्यक्रमका बिच होटलको उदघाटन गर्ने सन्चालकले जनाएका छन् ।

राधेश्याम विश्वकर्मा
लेखकको बारेमा
राधेश्याम विश्वकर्मा