ताजा अपडेट »

रुपन्देहीको सैनामैनाकी १७ वर्षिया विनिसाद्वारा आत्महत्या

बुधबार, ०५ माघ २०७८, १८ : २८
16 Shares

रुपन्देही । रुपन्देहीको सैनामैनामा एक किशोरीले आत्महत्या गरेकी छन् । जिल्लाको सैनामैना नागरपालिका–५ प्रगतिटोल निवासी १७ वर्षिया विनिसा सुनारलाई आज (बुधवार) आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय रन्यौराका प्रहरी निरिक्षक जिवन लामिछानेले जानकारी दिए ।

हिजो (मंगलबार) खाना खाएर सबै परिवार सुतिसकेपछि उनी बिहान ढिलोसम्म पनि नउठ्दा परिवारले ढोका खोलेर हेर्दा उनी झुन्डिएको अवस्थामा फेला परेकी थिइन् । तर, दिउँसो १ बजे मात्र परिवारले प्रहरीलाई खबर गरेपश्चात प्रहरी घटनास्थलमा पुगेको थियो ।

मृतक किशोरीको शव पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको छ भने घटनाको कारण बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।