ताजा अपडेट »

चिसोले अमेरिकाको जनजीवन प्रभावित, सातको मृत्यु

विहीबार, १७ माघ २०७५, ०६ : ०१
6 Shares


माघ १७, अमेरिकाको मध्यपश्चिम क्षेत्रमा चिसोले जनजीवन अस्तव्यस्त बनेको छ । 

ध्रुवीय चक्रपातका कारण बढेको चिसोका कारण अमेरिकाको मध्यपश्चिम क्षेत्रको जनजीवन प्रभावित बनेको हो । अमेरिकी शहरमा बढेको चिसोका कारण २५ करोड नागरिक प्रभावित भएका छन् । 

यसैगरी बीबीसीले जनाए अनुसार माइनस ३७ डिग्री सेल्सियससम्मको चिसोले विभिन्न शहरमा ७ जनाको मृत्यु भएको छ ।नर्थडाकोटामा तापक्रम माईनस ३७ र सिकागो शहरमा तापक्रम माईनस ३० डिग्री सेल्सियससम्म पुगेको छ । 

जन तापक्रम एन्टार्टिकाका महादेशका केही स्थानको भन्दा न्यून हो । विस्कनसिन, ईलिनोईस, मिसिगन, अलाबामा र मिशिसिपिमा समेत चिसोका कारण आपतकालिन अवस्था घोषणा गरिएको छ । - स्थानीय मौसम पूर्वानुमान केन्द्रले १० मिनेटभन्दा बढि समय घर बाहिर नबस्न सर्वसधारणलाई आग्रह गरेको छ ।
- एजेन्सी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।