१२ जेष्ठ २०७९, बिहीबार

May 26, 2022

काठमाडौँ । काठमाडौँ उपत्यकाको तीनवटै जिल्ला प्रशासन कार्यालयले सरकारी तथा गैरसरकारी सेवामा कार्यरत व्यक्ति तथा कर्मचारीलाई कोभिड–१९ को लक्षण देखिएको पाँच दिन अनिवार्य क्वारेन्टाइनमा बस्न र नेगेटिभ रिपोर्ट नआएसम्म काममा नफर्किन निर्देशन दिएको छ ।
ती कार्यालयबाट मङ्गलबार जारी छुट्टाछुट्टै आदेशमा सो निर्देशन दिइएको हो । सिनेमा हल, डिस्को–डान्स, दोहोरी, नाइट क्लब, हेल्थ क्लब, मसाज, स्पा, फुटसल र हाटबजार माघ १५ गतेसम्मका लागि बन्द गरिएका छन् ।

Advertisement

सार्वजनिक यातायातका सवारी साधनमा सिट क्षमताभन्दा बढी यात्रु नराख्न र मास्क नलगाएका यात्रुलाई निषेध गर्न निर्देशन दिएको छ । चालक र सहचालकलाई पाँच रुपियाँ शुल्क लिई यात्रुलाई मास्क बिक्री गर्न सक्ने सुविधा प्रदान गरिएको छ ।सार्वजनिक यातायातको ढोकामै सेनिटाइजर राख्न र सवारी साधन दैनिक रूपमा निःसङ्क्रमित गर्न तथा लामो दूरीका सवारी साधनलाई बीच बाटोमा यात्रु नचढाउन आदेश दिइएको काठमाडौँका निमित्त प्रमुख जिल्ला अधिकारी सुप्रभा खनालले बताए ।

लामो दूरीका सार्वजनिक यातायातका सवारी साधनलाई यात्रु ओसारपसार गर्दा सम्बन्धित जिल्लाको कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र ९डीसीएमसी०सँग समन्वय गर्न निर्देशन दिएको छ । यस्तै, मास्क नलगाई घर बाहिर निस्कन निषेध गरिएको छ । विभिन्न होटलमा कार्यरत कर्मचारीका लागि मास्क, फेससिल्ड र पन्जा अनिवार्य, होटलमा बास बस्न आउने ग्राहकसँग एन्टिजेन परीक्षण रिपोर्टलगायत कागजपत्र राख्न निर्देशन दिएको छ । शङ्का लागेमा एन्टिजेन परीक्षण प्राथमिकतामा राखिएको छ ।

धार्मिक एवं सांस्कृतिक परम्परा, जात्रा, विवाह, न्वारान, पास्नी, व्रतबन्ध, धार्मिक अनुष्ठान, मृत्यु संस्कारलगायत अत्यावश्यक क्रियाकलाप सञ्चालन गर्दा ५० जनाभन्दा बढीलाई उपस्थित गराउन नहुने आदेशमा उल्लेख छ । सोबाहेक २५ जना जम्मा हुने क्रियाकलापका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट पूर्वस्वीकृत लिई जनस्वास्थ्य मापदण्डको पालना गर्न र गराउन अनिवार्य गरिएको छ । रङ्गशालामा खेलकुद हेर्न आउने दर्शकमध्ये कुल क्षमताको एक तिहाइलाई मात्र प्रवेश दिन भनिएको छ ।

व्यापारिक भवन, सपिङ मल, डिपार्टमेन्ट स्टोरलगायतका ग्राहकको भीड लाग्ने पसलमा २५ जनाभन्दा बढी व्यक्ति उपस्थित नहुने गरी दुई व्यक्तिबीच करिब दुई मिटरको दूरी कायम राखी व्यवसाय सञ्चालन गर्न निर्देशन दिएको छ । विभिन्न मठ–मन्दिर मस्जिद, गुम्बा र चर्चलगायतका धार्मिक स्थानमा हुने नियमित नित्य, ध्यान र प्रार्थनाबाहेकका पूजाआजा, मेला माघ मसान्तसम्मका लागि स्थगित गरिएको छ । गोष्ठी, सेमिनार, छलफल र अन्तरक्रियाजस्ता कार्यक्रम सञ्चालनका लागि भर्चुअल माध्यम प्रयोग गर्न सुझाव दिइएको छ ।

विश्वविद्यालय, कलेज र स्कुललगायत शिक्षण संस्थालाई माघ १५ गतेसम्म अनलाइन तथा भर्चुअल सिकाइ कक्षा सञ्चालन गर्न सुझाव दिएको छ । जनस्वास्थ्य तथा स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको अनिवार्य पालना गर्न आग्रह गरिएको छ । जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिँदै आएका शान्ति सुरक्षासँग सम्बन्धित अत्यावश्यकबाहेक अन्य सेवा स्थगित गरिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले बताउनुभयो ।

विभिन्न राजनीतिक पार्टी, स्थानीय तह, नागरिक समाज, बुद्धिजीवी र सञ्चारकर्मीलगायत सर्वसाधारण नागरिकलाई कोभिड–१९ को सङ्क्रमणबाट जोगिन र जोगाउन जनस्वास्थ्य मापदण्डको पालनासँगै आवश्यक सहयोग तथा समन्वयका लागि आग्रह गरिएको छ ।-देवबहादुर कुँवर/गोरखापत्र

प्रतिकृया दिनुहोस्

Flash News

तिलोत्तमामा खाँण ८४५ मतले अगाडि, अब ३ हजार मत गन्न बाँकी ओलीले नीति तथा कार्यक्रममा लिम्पियाधुरा, लिपुलेक खोजेपछि प्रकाशमानले दिए जवाफ निर्वाचन शान्तिपूर्ण र धाँधलीरहित सम्पन्न भाे: झलनाथ शुक्रबारबाट क्यूएफएक्ससहित देशभरका हलमा ‘कबड्डी-४’ सत्तारुढ गठबन्धनले नेपालको स्वतन्त्र र असंलग्नता परराष्ट्र नीति परित्याग गरेको हो : रावल दश महिनामा एक अर्ब २१ करोडको फेसमास्क नेपाल भित्रियो इपीजी प्रतिवेदन बुझ्न प्रधानमन्त्री देउवालाई ओलीको आग्रह विद्यालय जाँदै गरेकी बालिकामाथि बलात्कार प्रयास वाइडबडी र सुनकाण्ड छानबिन गर्न सरकारलाई ओलीको चुनौती आगोले जलेकी विरामीलाई छाडेर फर्कियो बुद्ध एयर, चर्को आलोचनापछि प्रस्टीकरण हवाइजहाजको टिकट पाउन पनि शक्ति केन्द्रको भर ३५ हजार ३४ जनप्रतिनिधि निर्वाचित, कुन दलले कति जिते ? परराष्ट्र नीतिलाई असन्तुलित र सत्ता स्वार्थमा संकुचित गरिएकाे ओली आराेप एमाले सत्यसँग लड्दैन, शक्तिसँग झुक्दैन : ओली विश्वव्यापी मन्दी आउन सक्ने विश्व बैंकको चेतावनी सरकारको नीति तथा कार्यक्रम चास्नीमा नडुबाएको जेरी जस्तो : ओली त्रिवि शिक्षण अस्पतालमा एमबीबीएसमा भर्ना गरिदिन्छु भन्दै १७ लाख ठगी विदेश पठाई दिन्छु भनि २५ लाख ठगी गर्ने एक जना पक्राउ निर्वाचनमा प्रतिपक्षी दलमाथि सरकार निर्मम ढंगले प्रस्तुत भएको ओलीको आरोप अस्वस्थ भएपछि ओलीले प्रतिनिधिसभामा बसेरै गरे सम्बाेधन