ताजा अपडेट »

सर्लाहीमा बस दुर्घटना, १७ जना घाइते

मंगलबार, ०४ माघ २०७८, २० : ४१
30 Shares

सर्लाही । सर्लाहीको हरिवन नगरपालिका-९ स्थित पूर्व-पश्चिम लोकमार्गमा बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । हरिवन नगरपालिका-९ स्थित पूर्व-पश्चिम लोकमार्गमा मंगलबार दिउँसो बस पल्टिएको प्रहरीले जनाएको छ ।

बस अनियन्त्रित भई पल्टिँदा बसमा सवार १७ जना घाइते भएका इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ । पश्चिमबाट पूर्वतर्फ गइरहेको ना५ख ५०५५ नम्बरको अग्नि यातायातको बस हरिवन नगरपालिका–९ नोचामा पल्टिएको हो ।

तीव्र गतिमा रहेको बस अनियन्त्रित भई पूर्व–पश्चिम लोकमार्गबाट तल खस्दा १७ जना घाइते भएकोमा एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

घाइतेहरूको हरिवनस्थित नमुना अस्पताललगायत विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । बसमा २५ जना सवार रहेका थिए ।- न्युज कारखाना

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।