ताजा अपडेट »

वाम पक्षधरहरु एक ठाउँमा होउ !

मंगलबार, ०४ माघ २०७८, १७ : ५४
6 Shares

नेपालको राजनैतिक रङ्गमन्चमा वामपन्थी र दक्षिणपन्थी पक्षधरहरु प्रखर रुपमा आम्ने साम्नेको प्रतिष्पर्धामा उभिएका छन् । वामपन्थी र दक्षिणपन्थीनै आपसी शक्तिको टक्करमा रहेकाछन यतिखेर । बंशसत्तावादी अतित मुखीहरू झिर्का झर्ने आशामा बिशेष स्थानको परिकल्पना र स्वप्नील पुनरागमनको आकांक्षा राख्ने गर्छन ।

बितेको २०७४ को संघीय संसदको निर्वाचनबाट पहिलो र बलियो देखिएको वामखेमाको जनमत माथिको “चोंचोमोचो“ मान्यछैन भन्नेहरूकै विस्वास र अन्तकतैको चोचोमोचोको घातबाट खण्डित भएको छ । दक्षिणपन्थी खेमा छलछामको बाटो सरकारमा पुगेको छ । नेपाललाई अस्थीर र डम्पिङसाइट बनाउने मिशनमा लागेको छ । सरकारबाट बाहिरिएको वामखेमालाई पाँच वर्ष सरकार चलाउन दिएको जनादेशलाई दक्षिणपन्थी गठबन्धनले मुद्दा र परमादेशबाट आफ्नो हातमा लिएको छ । यस दक्षिणपन्थी गठबन्धनलाई उ निरन्तरता दिन चाहन्छ । जनादेश विनै शासन गरिरहने मौकाका छिद्र खोज्नमा शीर पाउ एक गरेको छ ।

अहिले नेपालको दक्षिणपन्थी खेमाको नेतृत्व नेपाली काँग्रेसका सभापति प्र म शेरबहाुर देउवाले गरेकाछन । सहयोगी दक्षिणपन्थीमा माओवादी केन्द्र त्यसका अध्यक्ष पुष्पकमल दाहाल, ज स पाका संयोजक उपेन्द्र यादव, मशाल पार्टी(जनमोर्चा)का मोहन बिक्रम सिंह, सूर्य चिन्हबाट स्खलित नयाँ दक्षिणपन्थी माधव कुमार नेपालहरू यसमा सामेल रहेकाछन । एउटै सरकारमा रहे पनि राष्ट्रिय मुद्दामा अनेकताका बखेडा गर्ने लफङ्रगा पनले राज्यले लज्जाबोध गर्नु पर्ने अवस्था छ ।

यी उल्लेखित दक्षिणपन्थीहरूसँग असहमत वामपन्थीहरू, देशभक्तहरूको पक्षधर शक्तिहरू कतिपय विमतिका वावजुद वामखेमाका वरिपरिको रहेको पाइन्छ । वामखेमाको नेतृत्व नेकपाएमालेले गरेको देखिन्छ । यसको अगुवाई गरेकाछन केपी शर्मा ओलीले । हिजो सरकार भित्र र बाहिर शसक्त रहेको वामखेमा के साँच्चै कमजोर भएको हो ?

पुष्पकमल दाहालको समुहमा, मोहन बिक्रम सिंहको समुहमा र माधव कुमार नेपालको समुहमा अडकेका वामपन्थीहरुले विचार परित्याग गरि आत्मसमर्पण गरिसकेका हुन त ? दक्षिणपन्थीहरूका भ्रममा रहेका निष्ठावान सदस्यहरूले आफ्नो कित्ता कता हो घोषणा गर्न ढिला गर्नु भएन । देशले कुन बाटो समाउने ठहर गरी प्रष्ट हुने हुने समय भएको छ ।

कहिले कता छिर्ने कहिले कता छिर्ने औसरवादको मुखौटो जनसमक्ष उघ्रन्छ । औचित्य पुष्टि विनै आफैले वामपन्थी माहान क्रान्तिकारीको स्वघोषित दस्तावेजीकरण स्यालको रङ पोताइ मात्र हुनेछ । तिहुन चाख्दै हिडनेको कतै पनि गिन्ति हुदैन ।

अदालत राजनीतिमा प्रवेश गरी परमादेशको दक्षिणपन्थी सरकार बनेयता दुइ धुर्वको माहा विवादले हरेक तह र तप्कामा बहस चलेको छ यतिबेला । प्रतिपक्षमा बस्ने जनादेशलाई वाम आन्दोलन भित्र घुसेका दक्षिणपन्थीहरूको सहयोगले सत्तामा पुगेको अप्राकृतिक स्थितिलाई आगामी निर्वाचनले समर्थन गर्ने अवस्था देखिदैन । यही आशंकाले ग्रस्त सत्ताधारी दक्षिणपन्थीहरूको गठबन्धनमा छटपटाहट बढेको छ । रणनैतिक रूपमा गठबन्धनमै निर्वाचन गर्ने कुरामा यो प्रगट भइरहेको छ ।

वामखेमाको मूलधार एमालेलाई बिभाजन र छिन्न भिन्न पार्न केही कसर बाँकी नराख्ने देशी बिदेशी बैरीहरुले उद्घोष गरिरहेकाछन । यस्तो घडीमा नेपालका तमाम सच्चा वामपन्थीहरू एकठाउँमा आउनुको विकल्प देखिंदैन । नेपालमा रहेको वाम समर्थक ठूलो जनमत यसको निर्णायक शक्ति हो । यसले देशको स्वाभिमान र बिकासलाई दीगो बनाउने क्षमता राख्दछ ।

कम्युनिष्ट एकताको उद्घोष गरेर नेकपा बनाउने र सरकार चलाउने घडीमा उनीहरूले गरेको एकता वामखेमाप्रति नेकपामा समाहित पक्षहरूको चरित्र उतिबेलै सार्जनिक रूपमा उजागर भएको थियो । साथसाथै दक्षिणपन्थीहरूको खेमा पनि संगठित हुन थालेको थियो ।
“एकीकरणमा जाँदैगरेका एमाले र माओवादी केन्द्र बाहेकका प्रतिपक्षीय धु्र्वमा धकेलिएका दक्षिणपन्थीहरु पनि उत्तिकै पिरोलिएका छन् । यसलाई आफू अनुकूल बनाउन लागेका छन् ।

उनीहरु यसलाई भत्काउने मनसुुवा राख्छन् । खुलम्खुल्ला प्रचन्डलाई प्रधानमन्त्री बनाएर आफूहरु सत्तामा हावी हुने बोली र कर्मैले लागेकाछन् । आजदेखि सिंगो पाँच वर्षसम्म फुटाल्ने कुटनीतिमा सक्रिय रहने संकेत गरिहेकाछन् ।“(पार्टी एकीकरणमा प्रचन्डको स्थानः देवेन्द्र घिमिरेःमेचीकाली दैनिक २१ पुस २०७४) अविस्वासको प्रस्ताव गर्न नपाइने दुइ वर्ष पुग्दासाथ नेकपा भित्रैका दक्षिणपन्थीहरु प्रतिपक्षलाई उछिनेर अविस्वासको बिउरोपेर संसद विघटनको अवस्था सिर्जना गरेका हुन ।

पुस ५ को अप्रिय संसद बिघटन नेकपा फुटको मुल कारण हो भन्ने सत्य होइन । यसलाई फुटाल्ने हात नेकपाकै शीर्ष नेताहरुको लामो डिजाइन भित्र थियो भन्ने अब लुकेको छैन । पर्दाफास भएको छ । नेकपा एकभएकै दिनदेखि फुट्न पनि थालेको आंकलन गर्न थालिएको थियो । वयक्तिक पदको लोभ र सरकारमा राइदाइ गर्ने , बैरीलाई खुसी पार्ने कुराबाट फुटपरस्तहरु निर्देशित थिए । निर्वाचन घोषणा–पत्रको कबूल र मतदाताप्रति उनीहरुले विस्वासघात गरे ।

वाम अन्दोलनप्रतिको निष्ठा छाडे । आफ्नै घरमा आगो झुसेर विपक्षलाई टेको हाल्न पुगेका यीनीरू दक्षिणपन्थी किन होइनन् ? यसको जवाफ नदिइकनै चर्का कुरा गरेर क्रान्तिकारीको पगरी भिर्न के लाज सरम हुदैन ? यीनीहरूले आफू दक्षिणपन्थी खेमामा किनार लागेको धरातलीय यथार्थलाई स्वीकार नगरी कसरी सुख पाउँछन् ?

सरकारको नेतृत्व गर्न जनमतले ओलीलाई स्वीकार गरेझै पार्टी अध्यक्षको रुपमा दाहालको चर्चा चलेको थियो । दाहाललाई अध्यक्ष बनाउन पनि ओली र दाहालको सहमति चाहिन्थ्यो । कि प्रधानमन्त्री कि अध्यक्ष भन्ने बिगारु तत्वबाट जोगिएर मात्र दाहाल एकीकृत पार्टीको बलियो र सर्वसम्मत अध्यक्ष बन्न सक्थे । एकीकरण पछिको महाधिवेशनबाट अध्यक्ष हुन ओलीको बलियो हात अपरिहार्य चाहिन्थ्यो । चितवनमा २०७८ मंसिरमा सम्पन्न दशौ माहाधिवेशनबाट उनी अध्यक्ष हुनुर्पथ्यो ।

वामआन्दोलनलाई बलयिो बनाउने सोझो बाटो छाडेर पुष्पकमल दाहालले माधव कुमार नेपालहरूलाई समेत लिएर दक्षिणपन्थी खेमाको सत्तापक्ष हुने बाटो रोजे । एकीकरण गर्न गलत थिएन भन्ने स्वीकारेर अलग बाटो हिड्नुको औचित्य पुष्टि गर्न खोइ त उनले सकेको ? छिटो माहाधिवेशन गरेर अध्यक्ष फेर्न किन चाहेनन् पुष्पकमल दाहालले ? कसैको आदेश निर्देनमा उनले एकीकरणको काम टुङ्ग्याउन छाडेर बहुमत पुर्याएर विचैमा प्रधानमन्त्री (तुहेको अविस्वास प्रस्तावित प्र म) हुने चाल चले ? या त उनी स्वयमको अधकचरो महत्वाकांक्षा थियो त्यो ? समयले सतहमा ल्याउने नै छ ।

राजनीतिमा दूरदृष्टि राख्ने कुरामा ओली र दाहाल न चुक्लान कि मेरो भन्ने अनुमान सही निस्केन । सिंगो कम्युनिष्ट आन्दोलनको अदालतमा एकता भाड्ने दोषीले दण्डित हुनु पर्दछ भन्ने हामी अहिले पनि ठान्छौं । वामएकताको अहिले देखिएको दुर्घटना अस्थायी परिघटना मात्र हो । वाम एकता हाम्रो समृद्धि र प्रगतिसंग अनोन्याश्रित ढंगले जोडिएको छ । आफ्ना पार्टीका कार्यकर्ता वा गुट विशेषका जयजयकारले बनेको नेताको उचाइ भन्दा निर्वाचनमा जनताले पत्याएको उचाई मूल्यवान हुन्छ । कानुनको दायराबाट उम्कने शासकीय दुश्प्रबृत्तिलाई दुरुत्साहन गरी विचार पद्धतिमा चल्ने कानुनी राज्य परिपाटि बनाउन हाम्रा नेताहरु, पार्टीहरु, स्थायी सरकार भनिने कर्मचारीहरु, बौद्धिक समुदाय सबैले योगदान दिनु आवश्यक छ ।

नेकपालाई बिभाजन त्यस भित्र जन्मेका दक्षिणपन्थीहरूवाट भएको सिद्ध भएको छ । दक्षिणपन्थीहरूको गठबन्धन यतिबेलेला वामफोवियाले त्रसित छ । उसको भविष्य अध्याँरो र निरसाजनक भएको कुरा त प्रतिपक्षका बिरूद्ध सत्ताधारीहरूको भयमिश्रित कोलाहलले प्रष्ट्याएको छ । त्यसैले उसका सबै हर्कतहरू अस्थीरता र भ्रम छर्नमा तल्लीन देखिन्छन् । आज नेपालको अवरोध भनेको दक्षिणपन्थी जालझेल हो । यसो हुनाले वाम खेमा एकठाउमा उभिनु र सबैरङका दक्षिणपन्थीहरूलाई परास्त गर्नु अहिलेको मूल काम बनको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।