ताजा अपडेट »

एकैदिन १० हजार २५८ जनामा कोरोना संक्रमण

मंगलबार, ०४ माघ २०७८, १६ : २५
6 Shares

बुटवल । पछिल्लो २४ घण्टामा नेपालमा थप १० हजार २५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १७ हजार ८७२ र एन्टिजेन विधिबाट ४९५६  जनामा परिक्षण गर्दा १० हजार २५८ जनामा कोरोना संक्रमण देखिएको हो । 

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख ६८ हजार २१५ र एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख ३९८३ जना पुगेको छ। यस्तै, आज थप ५६२ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ८ लाख १७ हजार ५४७ जना पुगेको छ ।  

पछिल्लो २४ घण्टामा संक्रमणबाट थप १ को मृत्यु भएको जानकारी छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ६२४ छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ४४ रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।