ताजा अपडेट »

तिनाउमा जनतासँग जनप्रतिनिधि कार्यक्रम अन्तरगत विद्यार्थीलाई न्यानो कपडा

सोमबार, ०३ माघ २०७८, २२ : १९
4 Shares

बुटवल । पाल्पाको तिनाउ-२ हरियाली गाउँका विद्यार्थीले न्यानो कपडा पाएपछि खुशी भएका छन् । तिनाउ-२ को जनतासँग जनप्रतिनिधि कार्यक्रम अन्तरगत शिशुज्याेति प्राथमिक विद्यालमा अध्यनरत विद्यार्थीले न्यानो कपडा पाएपछि खुशी भएका हुन् ।

वडाको वार्षिक कार्यक्रम अन्तरगत रहेर खालि खुट्टा विद्यालय आउने बिपन्न परिवारका १५ जना विद्यार्थीलाई जुत्ता र ७२ जना विद्यार्थीलाई कापी, कलम,  झाेला लगायतका स्टेशनरी सामग्री वितरण गरिएको तिनाउ गाउँपालिका प्रवक्ता तथा वडा अध्यक्ष राजेश श्रेष्ठले जानकरी गराए ।
कपी कलम स्टेशनरी सामग्री वितरणका लागि स्थानीय समाजसेवी शेर बहादुर थापा 'लाहुरे भाइ'को सहयोग रहेको थियो भने जुत्ता वितरणमा नेपाल रेडक्रस साेसाइटी पाल्पा शाखाकाे सहयोग रहेको थियो । सोमबार एक कार्यक्रमका बीच रेडक्रस पाल्पाका बरिस्ठ अधिकृत बाकुराम कार्कीले वितरण गरेका हुन । यसैगरी झाेला बितरणमा सिर्जनशील महिला  सामुदायिक वन उपभोक्ता समूहले  सहयाेग गरेको थियाे ।

कार्यक्रममा सिर्जनशिल सामुदायिक वनले ३५ घर परिवारलाई   ग्यास शिलिन्डर र चुल्हो समेत बितरण गरेकाे थियाे । यश क्षेत्रमा रहेर कृषि, पशु पालन र आर्जन गरेका ३५ जना किसानलाई वडाले सम्मान गरेकाे थियाे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।