ताजा अपडेट »

न्यूनतम पारिश्रमिक नदिने मेयरलाई सच्चिन मग

आइतबार, ०२ माघ २०७८, २१ : ४७
6 Shares

कपिलवस्तु । शिक्षक तथा विद्यालयका कर्मचारीलाई न्यूनतम तलब नदिने मेयरलाई तत्काल सच्चिनु पर्ने बताइएको छ । नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको बैठकमा वक्ताहरूले बुद्धभूमि नगरपालिका, कपिलवस्तु नगरपालिका, यशोधरा गाउँपालिका, महाराजगन्ज नगरपालिका र कृष्णनगर नगरपालिका प्रति लक्षित गर्दै तत्काल न्यूनतम तलब दिन माग गरिएको छ ।

बुद्धभूमि २ होटेल सङ्गम प्यालेसमा आयोजित विस्तारित बैठकमा बोल्दै नेकपा एमाले पोलिट व्युरो सदस्य तथा राष्ट्रिय सभा सदस्य विमला घिमिरेले केपी शर्मा ओली नेतृत्वको सरकारले निर्धारण गरेको मासिक न्यूनतम १५ हजार तलब स्केल नदिने पालिकाले तत्काल तलब उपलब्ध गराउनु पर्ने बताए । शिक्षक साना बालबालिकाको भविष्य उज्ज्वल बनाउने मात्र नभई शिक्षाको ज्योति फैलाई समाज विकासको महत्त्वपूर्ण साधक रहेको घिमिरेले भने।

मेहनत गर्ने शिक्षा कर्मीलाई काँग्रेसले जितेका पालिकाले ठगेको गुनासो गर्नु भयो । चुनाव आए पछि बल्ल उनीहरूको चेत खुल्न लागेको पोलिट्व्युरो सदस्य घिमिरेले स्पष्ट पारे । बैठकमा बोल्दै सङ्गठनका राष्ट्रिय कोषाध्यक्ष विष्णु भण्डारीले शिक्षाको विकासको लागि पालिका गम्भीर नभएको टिप्पणी गरे । न्यूनतम तलबको विषयमा ‘ बुद्धभूमि र महाराजगन्ज नगरपालिका समयमा सच्चिएको छ । बाकी पनि तत्काल सच्चिनु पर्छ ’ कोषाध्यक्ष विष्णु भण्डारीले बताए ।

बैठकमा बोल्दै एमाले पूर्व जिल्ला अध्यक्ष तथा प्रदेश सचिवालय सदस्य झवीलाल पोख्रेलले शिक्षा प्रति तिनै तहको सरकारको प्राथमिकता बढ्नु पर्ने बताए । बैठकमा बाल विकास शिक्षक, विद्यालय कर्मचारी, विद्यालय सहयोगीलाई न्यूनतम पारिश्रमिक नदिने नदिएको प्रति शिक्षक सङ्गठनले गम्भीर ध्यानाकर्षण गरेको छ ।

बैठकमा एमाले केन्द्रीय सदस्य सिराज अहमद फारुकी, सुशील श्रीवात्सव, केन्द्रीय लेखा आयोग उपाध्यक्ष विष्णु पन्थी, निर्वतमान एमाले जिल्ला अध्यक्ष तथा लुम्बिनी प्रदेश सचिवालय सदस्य झविलाल पोख्रेल, टेकराज पौडेलले सम्बोधन गरेका थिए । कार्यक्रममा एमालेबाट कपिलवस्तुबाट केन्द्रमा प्रतिनिधित्व गर्ने र जिल्ला अध्यक्ष डम्मर शर्मालाई सम्मान गरिएको थियो । कार्यक्रममा एमाले जिल्ला सदस्य राजेन्द्र सुवेदी, गोकर्ण पोख्रेल, हेमराज सुवेदीको सहभागिता रहेको थियो ।

बैठकले बाणगंगा नगरपालिकामा शैक्षिक दरबन्दी मिलान पूर्ण रूपमा कार्यान्वयन नभएको हुँदा डेलिकेशन जाने निर्णय गरेको छ । यसै गरी शिक्षक सेवा आयोगको निःशुल्क तयारी कक्षा जिल्लाका १० पालिकामा सञ्चालन गर्ने निर्णय गरेको छ । बैठक सङ्गठनका सचिव टिकाराम घिमिरेको सञ्चालन र अध्यक्ष टिकाराम पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।