ताजा अपडेट »

टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज:नेपालले यूएईसँग खेल्दै

विहीबार, १७ माघ २०७५, ०५ : ४१
4 Shares

माघ १७,


काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज संयुक्त अरब इमिरेट्स (युएई) सँग पहिलो टी-२० अन्तराष्ट्रिय खेल खेल्दैछ ।

नेपाल र युएईबीचको खेल दुबईस्थित आईसीसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा नेपाली समय अनुसार दिउँसो २ः४५ बजे सुरु हुनेछ ।एकदिवसीय र टी-२० सिरिजका लागि युएई भ्रमणमा रहेको नेपालले पहिलो टी ट्वान्टी खेल्न लागेको हो ।

नेपाल टी-२०  सिरिज समेत जित्ने लक्षमा रहेको छ । घरेलु टोलीविरुद्धको एकदिवसीय सिरिज जितेको नेपाल अर्को जितको खोजीमा रहेको छ । नेपालले सोमबार युएईलाई ४ विकेटले हराएर ३ खेलको एकदिवसीय क्रिकेट सिरिज २१ ले जित्दै पहिलो एकदिवसीय अन्तराष्ट्रिय सिरिज हात पारेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।