ताजा अपडेट »

बुटवलको सडक दुर्घटनामा कलाकार पन्थको ज्यान गयो

आइतबार, ०२ माघ २०७८, १० : १६
2 Shares

बुटवल । सडक दुर्घटनामा परी एक युवाको ज्यान गएको छ । रुपन्देहीको बुटवल उपमहानगर र तिलोत्तमा नगर पालिकाको सिमा योगीकुटीबाट पश्चिमतर्फ जाँदै गर्दा मोटर साइकल दुर्घटनामा परी उनको युवाको मृत्यु भएको हो । मृत्यु हुनेमा गुल्मी स्थायी घर भएकारुपन्देही बस्दै आएका शोभाखर पन्थ रहेको प्रहरीले जनाएको छ ।

बुटवलमा रहेर फोटोग्राफर र कलाकारिता क्षेत्रमा काम गर्दै आएका पन्थ गएराति योगिकुटीबाट मगरघाटतर्फ जाँदै गर्दा उनको लु ७० प १३५३ नम्बरको मोटर साइकल सडकमा रहेको खाल्डोमा खसेको थियो । उनलाई आज आइतबार बिहान मात्रै स्थानीयले खाल्डामै मृत अवस्थामा देखेको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।