ताजा अपडेट »

तिलोत्तमामा कार बुद्धमूर्तिमा ठोक्कियो : श्रीमान–श्रीमती गम्भीर घाइते ,मूर्तिमा क्षति

शनिबार, ०१ माघ २०७८, २१ : ००
4 Shares

बुटवल । रुपन्देहीको तिलोत्तमामा कार अनियन्त्रित भई बुद्ध मूर्तिलाई ठक्कर दिएको छ । शनिबार साँझ सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवलबाट भैरहवातर्फ जाँदै गरेको बाग्मती प्रदेश १०२६च ५७७२ नम्बरको कार बुटवल भैरहवा सडक खण्डको कोटिहवामा अनियन्त्रित भई डिभाइडरमा रहेको बुद्धमूर्तिमा ठोक्किएको हो । दुर्घटनामा परी कारमा सवार श्रीमान–श्रीमती गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता नवरत्न पौडेलले बताए ।

घाइते हुनेमा कारका चालक तिलोत्तमा–१५ का ४५ वर्षीय गणेश गुरुङ र उनकी ४० वर्षीया श्रीमती शकुन्तला गुरुङ रहेको र उनीहरुको अवस्था गम्भीर रहेको प्रवक्ता पौडेलले बताए । उनीहरुलाई उपचारका लागि मणिग्रामस्थित क्रिमशन अस्पताल लगिएको उनले बताए । दुर्घटनाबाट बुद्धमूर्ति मूर्तिमा क्षति पुगेको प्रहरी प्रवक्ता पौडेलले बताए । स्मरण रहोस् यस अगाडि पनि तिलोत्तमामा कार अनियन्त्रित भई बुद्धमूर्तिमा ठोक्किँदा मूर्तिमा क्षति पुगेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।