ताजा अपडेट »

सेतो गुराँसको २३ औं साधरणसभा, मानवीय विकासमा पनि योग्दान

शुक्रबार, ३० पुस २०७८, १९ : १०
2 Shares

बुटवल । सेतो गुरासँ वाल विकास सेवा रुपन्देहीले शुक्रबार २३ औं बार्षिकोत्सव तथा समाजिक परीक्षण कार्यक्रम सम्पन्न गरेको छ । बुटवल उपमहानगरका प्रमुख शिवराज सुवेदीको प्रमुख आतिथ्यतामा कार्यक्रम गरेको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख सुवेदीले उपमहानगरले भौतिकसँगै मानवीय विकासलाई पनि सँगसँगै अघि बढाएको बताए । उनले सेतो गुराँसले आफूलाई अब्बल संस्थाका रुपमा उभ्याउन सफल भएको समेत बताए ।

कानून महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय लुम्बिनीका सामाजिक महाशाखा प्रमुख शारदा बेल्बासेले मानवीय विकासका लागि थुप्रै कामहरु गर्नुपर्ने खाँचो रहेको बताईन । उनले बुटवल सहित प्रदेशका प्रमुख शहरमा सडक बालबालिकाको समस्या रहेको बताईन ।

त्यस्तै कार्यक्रममा सेतो गुराँस वाल विकास सेवाका कार्यकारी निर्देशक सुमित्रा शर्माले आफूहरुले स्थानीय, प्रदेश र विभिन्न संघसंस्थासँग मिलेर मानवीय विकासमा काम गरेको बताइन्। उनले कोरोना महामारीका बेलामा पनि आफूहरुले काम गरेको बताइन्।

उक्त अवसरमा अध्यक्ष शकुन्तला पुन, सचिव मञ्जु श्रेष्ठ, कोषाध्यक्ष उमा भण्डारीले प्रतिवेदन पेश गरेका थिए । कार्यक्रममा शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयका उपसचिव थानेश्वर ज्ञवाली, सेतो गुराँस बालविकास सेवा रुपन्देहीका सल्लाहकार भगवती ज्ञवाली, गैरसरकारी संस्था महासंघका केन्द्रीय सदस्य गोविन्द प्रसाद रेग्मी, सुआहरा कार्यक्रम स्वास्थ्य कार्यक्रम निर्देशक मिनराज ज्ञवाली, सुआहारा कार्यक्रम बुटवलका कृषि संयोजक अर्जुन श्रेष्ठ, सामाजिक परीक्षणकर्ता इन्दिरा अर्याल, मिनाक्षी न्यौपाने लगायतले बोल्दै वालबालिकाको क्षेत्रका कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने बताए । साधरणसभामा संस्थाका सदस्य सहित जनप्रतिनिधि र विभिन्न व्यक्तिहरुको सहभागिता थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।