ताजा अपडेट »

तिलोत्तमाको अनुरोधमा सार्वजनिक सवारीमा डष्टबिन व्यवस्था मिलाउन निर्देशन

शुक्रबार, ३० पुस २०७८, १७ : ५६
6 Shares

तिलोत्तमा । पश्चिमनेपाल बस व्यवसायीप्रा.लि.ले मातहतका सम्पूर्ण व्यवसायी, चालक, परिचालक, हेल्पर तथा शाखा इञ्चार्जहरुलाई गाडीभित्र अनिवार्य रुपमा डष्टबिनको व्यवस्था गर्न÷गराउन निर्देशन दिएको छ । तिलोत्तमा नगरपालिकाको पत्र अनुसार प्रा.लि.ले गाडीमा निस्कने फोहोरमैला डष्टबिनमा राखी फोहोरमैला फाल्ने ठाउँमा मात्र फाल्न निर्देश गरेको हो ।

प्रा.लि. ले यात्रुहरुलाई पानीकाखालीबोत्तल, कागज, प्लाष्टिकवाअन्यफोहोरहरु बाटोमा फाल्ननदिनपनि सम्पूर्ण व्यवसायीव्यवसायी, चालक, परिचालक, हेल्परलाई निर्देशनदिएको छ । निर्देशनको बोधार्थ तिलोत्तमानगर प्रमुख, उप–प्रमुख, वातावरण शाखा तथा नगरस्तरीय टोल विकास संस्थालाई पठाइएको छ । जथाभावी फोहोरमैला फालेको पाइएमा सम्बन्धित निकाय, प्रशासनद्वारा फोहोरमैला व्यवस्थापन ऐन तथा कार्यविधि अनुसार कारवाही एवम् दण्ड जरिवाना हुने प्रा.लि.ले जारी निर्देशन पत्रमा स्पष्ट पारिएको छ ।

तिलोत्तमा नगरपालिकाले प्रा.लि. मातहत सञ्चालित बसहरुमा डष्टबिनमा अनिवार्य व्यवस्था गर्ने व्यवस्था मिलाउन पुस २० गते पत्राचार गरेको थियो । पूर्णसरसफाई उन्मुख नगरपालिका घोषित तिलोत्तमामा गाडीबाट फालिने फोहोरको कारण सडकमा प्रदुषण बढेको पाइएपछि पश्चिम नेपाल बस व्यवसायी लगाएतका यातायात संघ–संस्थालाई आवश्यक सहयोगको लागि आग्रह गरिएको थियो । तिलोत्तमामा हरेक महिनाको १ र १५ गते नियमित सरसफाई हुँदै आएको छ भने टोल विकास संस्थाहरुले आ–आफ्नो अनुकुलतामा शनिबार वा सार्वजनिक बिदाको दिन नियमित सरसफाई गर्दै आएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।