ताजा अपडेट »

एकैदिन थप ५ हजार ८७ जनामा कोरोना संक्रमण

शुक्रबार, ३० पुस २०७८, १६ : ५९
2 Shares

बुटवल । पछिल्लो २४ घण्टामा नेपालमा थप ५ हजार ८७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १३ हजार ४७४ र एन्टिजेन विधिबाट ७ हजार ८६ जनामा परिक्षण गर्दा  ५ हजार ८७ जनामा कोरोना संक्रमण देखिएको हो । 

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख ४५ हजार ५०१ र एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख १०१ जना पुगेको छ।  यस्तै, आज थप ३०६ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ८ लाख १५ हजार ३५३ जना पुगेको छ ।  

पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ३ को मृत्यु भएको जानकारी छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ६१३ छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार २३५ रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।