ताजा अपडेट »

बुटवल उपमहानगरको आयोजनामा विद्यालय लेखा व्यवस्थापन तालिम

शुक्रबार, ३० पुस २०७८, १६ : ११
28 Shares

बुटवल । बुटवल उपमहानगरपालिकाको आयोजनामा तीन दिने विद्यालय लेखा व्यवस्थापन तालिम सम्पन्न भएको छ । बुटवल उपमहानगरपालिका क्षेत्र भित्रका सामुदायिक आधारभूत विद्यालयका प्रध्यानाध्यापक तथा माध्यमिक विद्यालयका लेखापालहरुलाई लक्षित गरी बुधबारदेखि शुरु गरिएको तालिम आज शुक्रबार सम्पन्न भएको छ ।

मूलतःविद्यालयका प्रध्यानाध्यापक तथा लेखापालहरुकाे क्षमता विकासमा जोड सामुदायिक विद्यालयहरुकाे श्रोत तथा अनुदानको व्यवस्था, विद्यालयका लागि नियमावलीबाट तथा बिधालय लेखाङ्कन दिग्दर्शन निर्देशित खाताहरु, गोश्वारा भौचर, जिन्सी व्यवस्थापन, कर कट्टी सम्बन्धी विषयमा सहभागी हरुलाइ प्रशिक्षण दिईएको बुटवल उपमहानगरपालिकाका लेखा अधिकृत सितु प्रसाद श्रेष्ठले जानकारी दिए ।

सहभागीहरुले सार्वजनिक लेखा सम्बन्धी बिधालयहरुले सम्पादन गर्ने दैनिक आर्थिक काराेबारहरुकाे लेखाङ्कनका सैद्धान्तिक तथा व्यवहारिक अभ्यास सहित तालिम उपमहानगरपालिकाले उपलब्ध गराएकोमा खुसि व्यक्त गर्दै आगामी दिनमा समेत यस्ता तालिम कार्यक्रमहरुले कार्यस्थलमा काम गर्दा उत्प्रेरणा प्रदान गर्ने बताए । सहभागीहरूले नेपाल सरकारको सरकारी श्रेस्ता प्रणाली तथा शिक्षा नियमावलीले तोकेका खाता तथा श्रेस्ता प्रणालीमा व्यवस्थित तवरले अभिलेखीकृत गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।

तालिमको सहजीकरण बुटवल उपमहानगरपालिकाका बरिष्ठ लेखाअधिकृत लेखनाथ पाेखरेल,अधिकृत आठौं टिकाराम पन्थी, अधिकृत साताै सितु प्रसाद श्रेष्ठ, आलेप शंकर ढकाल, लेखाअधिकृत लक्ष्मण भट्टराई र लेखापाल बसन्त खवास लगायतले गरेका थिए । तालिम कार्यक्रमको सञ्चालन कम्प्युटर अपरेटर रेश्मीराज घिमिरेले गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।