ताजा अपडेट »

बेलहिया डेक्समा काम गर्ने स्वास्थ्यकर्मी अलपत्र, सिटामोलको भरमा काम गर्दै

शुक्रबार, ३० पुस २०७८, १५ : ५६
4 Shares

भैरहवा । भारतपछि अहिले नेपालमा पनि कोभिडको तेश्रो लहर फैलिने क्रममा रहेको छ । यसको रोकथामको लागी सरकारले अहिले सीमामा बिशेष निगरानी बढाएको छ । भारतबाट नेपाल फर्किरहेका नेपाली र नेपाल भ्रमणका लागी आउने भारतीयहरुमा अहिले सीमामा बिशेष निगरानी गरिदैछ । सुरक्षाकर्मि देखी स्वास्थ्यकर्मिहरु संक्रमितको पहिचान गर्न उनिहरुको ब्यवस्थापन गर्न तल्लिन रहेका छन् ।

सीमामा कोभिड पहिचान गर्न खटिएका अधिकांश स्वास्थ्यकर्मि अहिले आफै कोभिडको चपेटामा परेका छन् । यस अघि नै ४ जना स्वास्थ्यकर्मिहरु कोभिड संक्रमित देखिएका थिए अहिले त्यो संख्या बढेर ७ पुगेको छ । बेलहिया हेल्थ डेस्कमा काम गर्ने ल्याबका कर्मचारीहरुमा कोभिड पोजिटिभ देखिए पछि अहिले स्वास्थ्यकर्मिहरु आत्तिएका छन् । ल्याबमा काम गर्ने जङ्ग भण्डारी, दिया शर्मा, गणेश प्रसाद साह, र नेपाल रेडक्रस सोसाईटीकी रुक्मिणी चौधरीलाई कोभिड संक्रमण देखिएको थियो । अहिले सुष्मा खत्री क्षेत्री, संगीता केसी (शक्ति) र रेडक्रसको स्वयमसेवी अंगीरा यादवलाई पनि संक्रमणले छोपेको छ ।

स्वास्थ्यकर्मिहरुलाई कोभिड संक्रमण देखिएपछि उनिहरुलाई औषधी उपचार देखी आईसोलेसन सम्ममामा बेवास्ता गरिएको गुनासो गरेका छन् । “राज्यकै लागी मरिमेटेर काम गरिरहेका छौं, तर हामी पोजिटिभ हुदा कुनै किसिमको सहयोग पाउन सकिरहेका छ्रैनौं ।” एक स्वास्थ्यकर्मिले भने “आफ्नै खर्चमा उपचार देखी जोखिमकै अवश्थामा आईसोलेसन बस्नु परिरहेको छ ।” कतिपय स्वास्थ्यकर्मिलाई कोभिडको लक्षण देखिए पनि उनिहरु सिटामोल खादै काम गरिरहेका छन् । हेल्थ डेस्कमा हात धुने ब्यवस्था समेत छैन, खानेपानीको समस्या पनि उस्तै रहेको कर्मचारीहरुको गुनासो छ । कोभिड देखिएका कर्मचारीलाई अहिले सम्म कसैले कुनै प्रकारको सम्पर्क नगरेको र सन्चो बिसन्चो समेत नसोधेको उनिहरुको दुखेसो रहेको छ ।

बेलहिया हेल्थ डेस्कको ब्यवस्थापन अहिले सिद्धार्थनगर नगर पालिकाले हेरिरहेको छ । नगरपालिकाको स्वास्थ्य शाखाको निमित्त प्रमुख गीता न्यौपाने पोखरेल्का अनुसार डेस्कमा नगरपालिकाका ९ जना, एसएसबीएसका ४ जना, किड्सका २ जना, सेतो गुराँसबाट १ जना र रेडक्रसका ३ जना कर्मचारीहरु खटिएका छन् । यी मध्ये कसैलाई कोभिड पोजिटिभ देखिए उसको सट्टामा अरुलाई “रिप्लेस” गर्ने गरिएको छ ।

उनले डेस्कमा पोजिटिभ देखिएका कर्मचारीहरु आफ्नै खर्चमा उपचार गर्नु पर्ने बताईन । होम आईसोलेसनमै बस्नु परेको हुदा स्वास्थ्यकर्मिहरुको लागी अलग्गै आईसोलेसनको ब्यवस्था नगरिएको बताईन । कोभिड संक्रमण देखिएका मध्ये अहिले सम्म कसैको पनि अवश्था जटिल नदेखिएको हुदा सबै आफ्नै खर्चमा बसेको उनको भनाई छ । यस बाहेक संक्रमित देखिएकालाई नगरपालिकाबाट नै जटिबुटि एवम स्वास्थ्य संस्थाबाट उपलब्ध हुने औषधीहरु प्रदान गरिएको उनको भनाई छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।