ताजा अपडेट »

आजदेखि बजारमा २ रुपैयाँको नयाँ सिक्का, यस्ता छन् यसको विशेषता

शुक्रबार, ३० पुस २०७८, ०९ : ०३
8 Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले २ रुपैयाँ दरको सिक्का आजदेखि प्रचलनमा ल्याउँदैछ ।

साविककै आकारमा सुनौलो रंगमा टकमरी गरिएको साल २०७७ लेखिएका २ रुपैयाँ दरका सिक्का आजदेखि बजारमा पठाइन लागिएको हो । राष्ट्र बैंकले हालै मात्र १ र २ रुपैयाँ दरका सिक्का छापेको थियो ।

राष्ट्र बैंकका अनुसार आजबाट बजारमा आउने सिक्काको वृत्ताकार घेराभित्र वरपर ६४ वठा थोप्ला छन् । सिक्काको माथिल्लो भागमा अंग्रेजीमा आरएस टु र तल्लो भागमा देवनागरीमा २ रुपैयाँ लेखिएको छ ।

सिक्काको बीच भागमा सात प्रदेशसहितको नेपालको नक्सा रहेको छ भने नक्साको ठिक माथिपट्टी दायाँतर्फ फरक क्षमता (दृष्टिविहीन)हरूले स्पर्श गरेर सिक्काको दर पहिचान गर्न सक्ने दुईवटा थोप्ला रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।