ताजा अपडेट »

आर्चरी च्याम्पियनलाई रिकर्भ बो सेट हस्तान्तरण

विहीबार, २९ पुस २०७८, १७ : ०५
4 Shares

पोखरा ।  गण्डकी प्रदेशस्तरीय आर्चरी च्याम्पियन बनेका म्याग्दीका सुजन पुनलाई आर्चरीको खेल सामाग्री (रिकर्भ बो सेट) हस्तान्तरण गरिएको छ । बेलायत बस्दै आएका पूर्व राष्ट्रिय खेलाडी कृष्ण तुलाचनको सहयोगमा खेल सामाग्री हस्तान्तरण गरिएको हो । एक लाख बराबरको खेल सामाग्री गण्डकी खेलकुद परिषदका सदस्य सचिव तेजबहादुर गुरुङले पुनलाई हस्तान्तरण गरेका हुन् । कास्की जिल्ला आर्चरी संघले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै आयोजना गरेको प्रदेशस्तरीय आर्चरीमा पुन च्याम्पियन बनेका हुन् ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।