ताजा अपडेट »

पाल्पा नुवाकोटको खाना महोत्सव स्थगित

विहीबार, २९ पुस २०७८, १६ : ५३
6 Shares

बुटवल । होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले माघी पर्वको दिन ऐतिहासिक एवम पुरात्वातिक स्थल पाल्पाको नुवाकोटगढीमा आयोजना गर्ने भनेको माघे संक्रान्तिक मेला तथा कला सांस्कृतिक खाना महोत्सव स्थगित गरेको छ ।

कोरोनाको संक्रमण बढदै गएकोले सरकारले २५ जना भन्दा बढी सार्वजनिक स्थलमा भेला हुन नपाउने भनी गरेको निर्णय संगै संघले आयोजना गर्ने भनेको सांस्कृतिक खाना महोत्सव बाध्य भएर स्थगित मर्नु परेको संघका अध्यक्ष राम प्रसाद गौतमले बताए।

संघले बुटवलमा गदै आएको सडक खाना महोत्सव स्थलमा सडक निर्माण कार्य जारी रहेकाले आयोजना गर्न नसकेकोमा खाना महोत्सवलाई निरन्तरता दिँदै पर्यटनलाई पहाडसँग जोडेर अगाडी बढाउने अभिप्रायले नुवाकोट डाँडालाई रोजेकोमा कोरोनाको कहरले यो वर्षको महोत्सव स्थगित नै गर्नु परेको छ ।

माघेसंक्रान्ती मेला तथा कला सांस्कृतिक खाना महोत्सवलाई आर्थिक रुपमा पर्यटन डिभिजन कार्यालय रुपन्देहीले सर्पोट गर्ने गरी आर्थि सहयोग उपलब्ध गराउने भनेको थियो ।

ऐतिहासिक एवम पुरात्वातिक स्थल पाल्पाको नुवाकोटगढीमा यसपटकको मेला आयोजना गर्न नसकेतापनि अनुकुल अवस्था भएसंगै कला सांस्कृतिक खाना महोत्सव आयोजना गरिने संघका महासचिव माधव कुमार खनालले जानकारी दिए । कोरोना महामारीले गर्दा रुपन्देही जिल्लामा संचालनको तयारीमा जुटेका सवै मेला महोत्सव प्रशासनले रोक लगाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।