१३ माघ २०७८, बिहीबार

Jan 27, 2022

सप्तरी ।  कोरोनाभाइरस संक्रमण बढेपछि शिक्षण संस्था बन्द भएसँगै सप्तरीका विद्यार्थी र अभिभावक पठनपाठनलाई लिएर चिन्तित भएका छन् । अध्ययनविना नै कक्षा चढ्ने हुँदा यसले विद्यार्थीको क्षमताका ह्रास आउने भन्दै अभिभावक चिन्तित् भएका हुन् । सप्तरीको राजविराज नगरपालिका–१५ को महावीर माध्यमिक विद्यालयका कक्षा ८ मा अध्ययनरत विवेक मण्डलले भने,  कक्षा ६ मा हुँदा कोरोनाको पहिलो लहर सुुरू भएपछि परीक्षा नदिएरै ७ कक्षामा पुगेँ । कक्षा ७ मा आठ महिना पढाइबाट बञ्चित हुनुप¥यो । चार महिना पढेर कक्षा ८ मा पुगेँ ।

आठमा पुग्नेबित्तिकै दोस्रो लहर सुुरू भयो । पाँच महिना विद्यालय बन्दपछि पठनपाठन शुरू भएको पाँच महिना नबित्दै पुनः विद्यालय बन्द भएपछि हामी विद्यार्थीको पढाइ चौपट्टै भयो ।’ उनको जस्तै राजदेवीमावि राजविराजको कक्षा १०  मा अध्ययनरत आरती झाको पीडा पनि उस्तै छ । ‘दुई वर्ष विद्यालय न गएरै एसईई आईसक्यो । के गरौँ ? कसो गरौँ ? चिन्ताले सताउँन थालेको छ,’ उनी भन्छिन् । विद्यार्थी र अभिभावकले कोरोनाभाइरसविरुद्धको खोप लगाएर नियमित पठनपाठनको व्यवस्था गर्नुपर्ने बताएका छन् । राजविराज नगरपालिका २ कि किरण मण्डलले भनिन्, ‘विद्यालय बन्द गर्नुभन्दा पनि बिद्यार्थीहरूलाई भ्याक्सिन लगाएर पढाउनु राम्रो हुन्छ ।’ 
 

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

अनुमतिबिना सार्वजनिक स्थलमा फोटो,भिडियो खिच्न नपाइने तिनाउमा मृत भेटिएकी महिला सैनामैनाकी जित कुमारी घरेलु मैदानमा आर्मीलाई हराउँदै मनाङ फाइनलमा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. गिरीमाथि ढुंगा प्रहार बुटवलको कालिकापथ वाइपास सडक : आधा अवधि सकिँदा २० प्रतिशत प्रगति तिलोत्तमाको डिङ्गरनगर र हरिहरपुरलाई जोड्न तिनाउ नदीमा पुल नेपालमा तीन करोड डोज खोप लगाइयो दिल्लीमा सप्ताहन्तको कर्फ्यू र जोरबिजोर व्यवस्था हट्यो थप ८ हजार १७ जनामा कोरोना संक्रमण, १५ जनाको मृत्यु कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुग्यो काेराेना न्यूनीकरणका लागि जुम्लामा एकीकृत हेल्प डेस्क स्थापना स्थानीय तहको निर्वाचन : आयोग पदाधिकारीपछि कांग्रेसमा छलफल गर्दै प्रधानमन्त्री देउवा मन्त्री रेणु यादवविरुद्ध कारबाही गर्न कांग्रेस नेताको उजुरी सेजमा ‘शक्ति’ प्रर्दशन, कानून पालना गर्न नसके पछि मुद्दा लासमा पनि दलालको नङ्ग्राः एउटै मृतकको १० लाख झ्याम् विपद्का विभिन्न घटनामा परी २४ घण्टामा दुई जनाको मृत्यु, १० जना घाइते मृतकका परिवारलाई साढे चार लाख बीमा रकम जिप दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते कोभिड खोप नलगाएको भन्दै अस्पतालद्वारा विरामीको मुटु प्रत्यारोपण गर्न अस्वीकार जोर-विजोर प्रणालीले झन् सास्ती