ताजा अपडेट »

हावाको वेग झै फैलियो कोभिड, २४ घन्टामा साढे दुई लाख संक्रमित

विहीबार, २९ पुस २०७८, ११ : ५५
4 Shares


नयाँ दिल्ली ।  भारतमा कोभिड संक्रमण हावाको वेग झै फैलिएको छ । पछिल्लो २४ घन्टामा भारतमा दुई लाख ४७ हजार कोभिड संक्रमित भेटिएका छन् । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै संक्रमितको संख्या तीव्र बढेको छ । 

भारतमा २८ राज्य र युनियन टेरिटोरिज गरी पाँच हजार ४८८ जनामा ओमिक्रोन देखिएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोभिडबाट ३८० जनाको मृत्यु भएको छ । कोभिडबाट सबैभन्दा बढी केरेलामा १९९ जनाको मृत्यु भएको छ । त्यस्तै, कोभिडबाट सबैभन्दा बढी महाराष्ट्र प्रभावित भएको छ । 

महाराष्ट्रमा ४६ हजार ७२३ जनामा कोभिड देखिएको छ । कोभिडबाट राजधानी नयाँ दिल्ली पनि प्रभावित छ । दिल्लीमा कोभिडबाट पछिल्लो २४ घन्टामा साढे २७ हजारको मृत्यु भएको छ ।- एजेन्सी

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।